2 years ago
April 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिसी प्रिमियर कप जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने उच्च सम्भावना रहेको बताएका छन् । प्रिमियर कप सुरुहुनु अघिल्लो दिन टियु मैदानमा अन्तिम तयारीपछि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।
‘मलाई लाग्छ सबै जना तयार छन् । हामीले १५ दिन देखि अगाडिनै तयारी गरेका छौं । घरेलु मैदान हुँदा फाइदा पनि हुन्छ । लिग-२ मा हामीले जुन उपलब्धी हात पार्यौ त्यो बिर्सेर यो नयाँ सुरुवात हो’, कप्तान रोहित पौडेलले भने ।
१० टोली सहभागी प्रिमियर कपमा सेमिफाइनल फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ । खेलहरु टियु र मुलपानी मैदानमा हुनेछन् ।
प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ ।
आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एकदिवसीय एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कपको विजेता हुनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । नेपालले उपाधि जितेमा एसिया कप खेल्न पाउनेछ । रोहित नेपालले एसिया कपमा स्थान बनाउने राम्रो मौका भएको बताउँछन् ।
‘एसिया कपमा स्थान बनाउने राम्रो मौका छ । हामीले जुन हिसाबमा टिम खेल खेलेका छौं त्यसलाई अगाडि बढाउनु पर्छ । सबै जना राम्रो लयमा पनि देखिएका छन् । त्यो स्ट्यान्डरलाई निरन्तरता दिएर खेलेमा यो प्रतियोगिता जितिन्छ’, उनले भने ।
उनले नेपाली क्रिकेट विकास गर्न एसिया कप धेरै महत्वपूर्ण रहेको बताए । ‘यो एकदमै महत्वपूर्ण छ । हामीले ठूलो टेस्ट नेशनहरुसँग खेलेका छैनौं । उनीहरुसँग खेल्न हाम्रो एकदमै राम्रो मौका छ । क्वालिफायर भएमा एक्स्पोजर राम्रो पाइन्छ’, उनले भने ।
रोहित भारत र पाकिस्तानसँग खेल्ने सम्भावना उच्च रहेको बताउँछन् । ‘भारत र पाकिस्तानसँग खेल्ने सम्भावना एकदमै उच्च छ । त्यो भन्दा मुख्य प्रतियोगिता यो हो । यसमा ध्यान केन्द्रित हुँदै खेलेमा एसिया कप खेलिन्छ’, रोहितले भने ।
डेथ ओभर अर्थात (४० देखि ५० ओभर) मा नेपालले लगातार खराब प्रदर्शन गर्दै आएको छ । नेपाली क्रिकेट टोलीको वर्तमान समयको ठूलो कमजोरीको रुपमा रहँदै आएको छ । रोहितले अभ्यासको क्रममा डेथ ओभरमा बढी ध्यान दिएको बताउँछन् ।
‘हामीले हाम्रो कमजोरीमा बढी काम गरेका छौं । डेथ ओभरमा योर्करमा हरेक दिन आएर बलरले अभ्यास गरेका छन् । ब्याटरहरुले आ–आफ्नो योजना अनुसार काम गरेका छन्’, उनले भने ।
रोहित सबै टिम राम्रो भएको बताउँछन् । ‘मलाई लाग्छ सबै टिम त्यतिनै राम्रो छन् । ओमान, हङकङ, युएई सबै टिम राम्रो छन् । हामीले कसैलाई पनि सहज रुपमा लिएका छैनौं । एक समयमा एउटा खेललाई हेरेर जान्छौं’, रोहितले भने ।
नेपालले आइसिसी विश्वकप लिग-२ अन्तिम सिरिज युएई र पपुवा न्युगिनीसँगको सिरिजबाट टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । रोहित यसअघि खासै कसैले नराम्रो नगरेको बताउँछन् ।
‘यसअघिको सिरिजमा कसैले खासै नराम्रो गरेको थिएन । टोलीमा धेरै परिवर्तन आवश्यक थिएन । टिममा सबैलाई सहज अनुभव पनि गराउनु पर्ने हुन्छ । त्यसैले खासै परिवर्तन नगरेको हो’, उनले भने । नेपालले मंगलबार मलेसियासँग टियुमा खेल्दै सुरुवात गर्नेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]