2 years ago
April 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारत र पाकिस्तान विश्व क्रिकेटका शक्तिशाली देश हुन् । यी देशसँग खेल्ने अवसर एसोसिएट टोलीले विरलै पाउँछन् । यी दुई देशसँग खेल्ने नेपालको पनि ठूलो सपना रहँदै आएको छ । नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने स्वर्णिम अवसर छ ।
मंगलबारदेखि स्वदेशमा हुने एसिसी प्रिमियर कप जित्न सके नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । १० टोली सहभागी प्रिमियर कपमा सेमिफाइनल फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ । खेलहरु टियु र मुलपानी मैदानमा हुनेछन् ।
आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एकदिवसीय एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कपको विजेता हुनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । भारत र पाकिस्तानसँग खेल्न पाउनु नेपालको लागि विश्वकप सरह हो । अझ यी दुई देश मध्य एकलाई हराउन सके त्यो विश्वकप जिते भन्दा कम हुनेछैन ।
प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले सेमिफाइनलमा युएई र हङकङ मध्य एकसँग खेल्ने देखिन्छ ।
नेपाल, हङकङ, युएई र ओमान उपाधिका दाबेदार टोली हुन् । यी चार मध्य एकले एसिया कपमा स्थान बनाउनेछन् । जसमा ओमान र नेपाल पहिलो पटक एसिया कप खेल्ने सोचमा हुनेछन् ।
नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला १२ मध्य ११ खेल जितेको थियो । त्यसैको कारण नेपालको मनोबल र सम्भावना उच्च छ । मोन्टि देशाई मुख्य प्रशिक्षकको रुपमा नेपाल आएपछि टोलीमा धेरै परिवर्तन देख्न सकिन्छ ।
कमजोर मानिने ब्याटिङनै प्रमुख हतियार बनेको छ । नेपाल टियु मैदानमा पछिल्ला ८ खेलमा पराजित भएको छैन । जसमा स्कटल्यान्ड, नामिबिया, युएई जस्ता बलिया टोलीसँग समान दुई खेलेको थियो । नामिबियाले दिएको २ सय ८६ रनको विशाल लक्ष्य पूरा गरेको थियो ।
घरेलु मैदान, उच्च मनोबल, दर्शक, कन्डिसन, उत्कृष्ट ब्याटिङ लाइनअप र मोन्टि आगमनले नेपाल अन्य टोली भन्दा अतिरिक्त बलियो देखिन्छ । नेपाली हजारौं दर्शक सामु विपक्षी टोलीलाई खेल्न सहज हुनेछैन । कन्डिसन र मैदान बारे सबै खेलाडी राम्रोसँग जानकार छन् । नेपालले लिग-२ को अन्तिम सिरिजबाट टोलीमा कुनैपनि परिवर्तन गरेको छैन ।
खेलाडीलाई त्यो आत्माविश्वास र मोमेन्टलाई निरन्तरता दिन चाहन्छ । आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख र भीम सार्कीबाट लिग-२ मा जस्तै उच्च प्रदर्शन चाहन्छ । अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लबाट नेपाल यस प्रतियोगितामा ठूलो इनिङ चाहन्छ ।
तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, गुलशन झा र प्रतिश जि.सी छन् । स्पिनरमा सन्दीप लामिछाने र ललित नारायण राजवंशको जोडी हुनेछ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पार्टटाइमको रुपमा साथ दिनेछन् । नेपालले दीपेन्द्रलाई फिनिसरको रुपमा नै खेलाउनेछ । सन्दीप लामिछानेले राम्रो ब्याटिङ गर्ने हुँदा नेपालको ब्याटिङक्रम ९/१० नम्बरसँग भरपर्न सक्ने हुनेछ ।
नेपालले डेथ ओभर र पावर प्लेमा भने सुधार गर्नुपर्ने हुन्छ । नेपालले डेथ ओभर बलिङमा लगातार कमजोर प्रदर्शन गर्दै आएको छ । पावर प्लेमा विकेट लिन संघर्ष गर्दै आएको छ । एसिया कप खेल्न यी दुई कमजोरी सुधार गर्नै पर्ने हुन्छ । युएईविरुद्ध नेपालले घरेलु मैदानमा खेलेका पाँच ओडिआई मध्य चार खेलमा जितेको छ ।
लिग–२ को अन्तिम खेलमा ३ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल २ सय ६९ रन बनाउँदा कट अफ टाइमको कारण डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले विजयी भएको थियो ।
मुख्य प्रशिक्षक रोविन सिंहलाई वर्खास्त गर्दै क्वालिफायर प्लेअफ खेल्न नामिबिया गएको युएईले सानदार प्रदर्शन गरेको थियो । अघिल्लो महिनाबाट युएईले टोलीमा व्यापक परिवर्तन गरेको छ । नेपाल सजक हुन आवश्यक छ ।
ओमानसँग २०२० मा नेपालले लिग–२ मा टियुमा दुबै खेलमा हार व्यहोरेको थियो । तर अभ्यास खेलमा नेपालले दोस्रो रोजाईका खेलाडी मैदान उतार्दा जितेको थियो । अनुभवी खेलाडीले भरिपूर्ण ओमानदेखी नेपाल सजग रहनुपर्छ ।
पछिल्ला दुई एसिया कप खेलेको हङकङ सबैलाई सरप्राइज दिनसक्छ । निजाकत खान, बाबर हायत र अंशुमन रथ जस्ता स्टार ब्याटर टोलीमा छन् । ओडिआई मान्यता गुमाएको हङकङ एसिया कप जस्ता अवसर गुमाउन चाहदैन । नेपाल आउनु अघि श्रीलंकामा १० दिन अभ्यास गरेको थियो । यी चार बाहेक अन्य टोली तुलनात्मक रुपमा कमजोर देखिन्छन् ।
नेपालले एसिया कपमा स्थान बनाउन आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । ब्याटिङमा घरेलु मैदानमा सानदार प्रदर्शन गर्दै आएको नेपाल बलिङमा भने धेरै सुधार गर्नुपर्ने हुन्छ । आसिफ शेख, रोहित पौडेल र सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । यस प्रतियोगिता शीषी तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिम्स एसिया कपमा टेस्ट टोलीका यू-२३ टोलीले खेल्नेछन् ।
एसिया कप विश्वकप अघि एसिया टोलीको लागि तयारी प्रतियोगिता हो । आगमी अक्टोबर नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुनेछ । विश्वकपमा स्थान बनाउन नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने छनोट खेल्नेछ । उक्त छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, नेदरल्यान्ड्स, जिम्बावे, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्ड मध्य एक गरि कुल १० टोली हुनेछन् ।
दुई समूहमा विभाजन हुँदै सुपर सिक्स हुँदै शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन् । नेपालको लागि विश्वकप धेरै कठिन देखिन्छ । तर विश्वकपका उपाधिका प्रमुख दुई टोली भारत र पाकिस्तानसँग खेल्ने नेपाललाई राम्रो अवसर छ । त्यो घरेलु मैदानमा हुने एसिसी प्रिमियर कप उपाधि जित्नु हो । नेपालले त्यो अवसरलाई गुमाउनु हुँदैन । यस्तो अवसर फेरि आउँदैन पनि ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।
वैकल्पिक खेलाडी : अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।
खेल तालिका
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]