default_image

1 year ago

April 16, 2023

स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

135 views

0 Bookmark

एजेन्सी – कप्तान सञ्जु स्यामसन र शिम्रन हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २३ औं खेलमा गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गरेको छ । राजस्थान ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा शिम्रन हेटमायरले २६ बलमा २ चौका र ५ छक्कासहित ५६ रनको उत्कृष्ट अविजित इनिङ खेले । स्पिनर नुर अहमदलाई छक्का हान्दै हेटमायरले खेल सकाएका थिए । कप्तान सञ्जु स्यामसन ३२ बलमा ३ चौका र ६ छक्कासहित ६० रनमा आउट भए ।

एक समय राजस्थान ओपनर यशस्वी जैसवाल एक र जस बटलर डक आउट हुँदा ४-२ को अवस्थामा थियो । देवदत्त पाडिक्कल २५ बलमा २ चौका र २ छक्कासहित २६, रियान पराग ५ र ध्रुव जुरेल १७ रनमा आउट भए ।

पाँचौं विकेटका लागि स्यामसन र हेटमायरले २७ बलमा ५९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । स्यामसन स्पिनर नुर अहमदको बलमा डेविड मिलरबाट क्याच आउट भए । छैटौं विकेटका लागि ध्रुव जुरेल र हेटमायरले २० बलमा ४७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

जुरेलले १० बलमा २ चौका र १ छक्का प्रहार गरे । रविचन्द्रन आश्विन ३ बलमा १ चौका र १ छक्कासहित १० रनमा आउट भए । गुजरातका मोहम्मद शामीले ४ ओभरमा १ मेडनसहित २५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । राशिद खानले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्या र नुर अहमदले समान एक एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । गुजरातका डेविड मिलर ३० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४६ रनमा आउट भए ।

ओपनर शुभमन गल ३४ बलमा ४ चौका र १ छक्कासहित ४५ रनमा आउट भए । ऋद्धिमान शाह ४, साइ सुदर्शन २०, हार्दिक पान्ड्या २८ र अभिनव मनोहर २७ रनमा आउट भए । अभिनवले १३ बलमा ३ छक्का हाने ।

राजस्थानका सन्दीप शर्माले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल, ट्रेन्ट बोल्ट, एडम जाम्पाले समान एक विकेट लिए ।

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए। सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए। भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ […]

Success

Thank you for your time.