2 years ago
April 16, 2023
एजेन्सी – भारतीय पूर्व सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकर र युवा तीव्र गतिका बलर अर्जुन इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो बाबु छोरा बनेका छन् । मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सविरुद्ध अर्जुनलाई डेब्यू दिएको थियो । अर्जुनलाई मुम्बईको घरेलु मैदान वानखडेमा रोहित शर्माले डेब्यू क्याप दिएका थिए ।
मुम्बईले कोलकातालाई ५ विकेटले पराजित गर्यो । सचिनका छोरा अर्जुनले २ ओभरमा १७ रन खर्चिदा विकेट लिन सकेनन् । २३ वर्षीय अर्जुनले बायाँ हातले बलिङ गर्ने गर्दछन् । भारतीय यू-१९ क्रिकेट टोलीबाट खेलि सकेका अर्जुनले यसअघिका दुई संस्करणमा मुम्बईमा रहेपनि खेल्ने अवसर पाएका थिएनन् ।
अर्जुन २०२१ र २०२२ को सिजनमा मुम्बईमा न्यूनतम २० लाख भारुमा थिए । यस सिजनमा भने मुम्बईले ३० लाख भारुमा किनेको थियो । अर्जुनले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्ने गर्दछन् । गत सिजनमा रणजी ट्रफीमा अर्जुनले डेब्यू खेलमै गोवाबाट राजस्थानविरुद्ध १ सय २० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
मुम्बईबाट घरेलु क्रिकेटमा अवसर नपाएपछि गतवर्ष उनी गोवा पुगेका थिए । गोवाबाट भने घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले १० टि२० खेलमा १२ विकेट लिँदा उत्कृष्ट प्रदर्शन ४-१० छ । उता सचिन भारत मात्रै नभएर विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याटर हुन् ।
सचिनले २००८ देखि २०१३ सम्म मुम्बईबाट आइपिएल खेलेका थिए । सचिन उमेरले ४९ वर्ष भएका छन् । सचिन टेस्ट र ओडिआई दुबैमा विश्व क्रिकेटमै सर्वाधिक रन बनाउने र शतक हान्ने खेलाडी हुन् । २ सय टेस्ट खेलमा सचिनले ५१ शतकसहित १५ हजार ९ सय २१ रन बनाएका छन् ।
४ सय ६३ ओडिआई खेलमा सचिनले ४९ शतकसहित १८ हजार ४ सय २६ रन बनाएका छन् । सचिन मुम्बईको सपोट स्टाफको रुपमा छन् । उनी मुम्बईका आइकन हुन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]