default_image

2 years ago

April 16, 2023

कोलकाताको १५ वर्षदेखीको शतकको खडेरी तोडियो

220 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याटर वेंकटेश ऐरको इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सको १५ वर्षदेखिको शतकको खडेरी तोडेका छन् । आइपिएल २०२३ को २२ औं खेलमा कोलकाताबाट उनले मुम्बई इन्डियन्सविरुद्ध शतक हान्दै उक्त खडेरी तोडेका हुन् ।

मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । युवा खेलाडी वेंकटेश ऐरले ५१ बलमा ६ चौका र ९ छक्कासहित १ सय ४ रनको सानदार शतकीय इनिङ खेले ।

उनले ४९ बलमा आफ्नो आइपिएल करिअरको पहिलो शतक हानेका थिए । आइपिएलमा कोलकाताबाट उनी शतक हान्नै मात्रै दोस्रो खेलाडी बनेका छन् । यसअघि कोलकाताबाट सन् २००८ मा ब्रेन्डम म्याकुलमले बेंगलोरविरुद्ध १ सय ५८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

म्याकुलमले आइपिएलको पहिलो संस्करणको पहिलो खेलमै रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ७३ बलमा १० चौका र १३ छक्कासहित १ सय ५८ रनको विष्फोटक अविजित शतकीय इनिङ खेलेका थिए । कोलकाताले २०१२ र २०१४ मा उपाधि नै जितेको थियो । तर २००८ मा म्याकुलमले शतक हानेपछि कुनैपनि कोलकाताका ब्याटरले शतक हान्न सकेका थिएनन् ।

वेंकटेश ऐरले १५ वर्षदेखिको शतकको खडेरी तोडेका हुन् । यी दुई खेलाडीपछि कोलकाताबाट सर्वाधिक रन बनाउने सूचिमा दीनेश कार्तिक छन् । दीनेश कार्तिकले २०१९ मा राजस्थान रोयल्सविरुद्ध ९७ रनमा अविजित इनिङ खेलेका थिए । २०१४ मा मनिष पाण्डेले पन्जाब सुपर किंग्स (पन्जाब किंग्स) विरुद्ध ९४ रन बनाएका थिए । २०१७ मा क्रिस लिनले गुजरात जायन्ट्सविरुद्ध र गौतम गम्भीरले २०१२ मा बेंगलोरविरुद्ध समान ९३ रनको इनिङ खेलेका थिए ।

March 14, 2025

बुमराहले आइपिएलका केही खेल गुमाउने

एजेन्सी – चोटका कारण मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले इण्डियन प्रिमियर लिग (आईपीएल) सुरुवाती केही खेल गुमाउने भएका छन् । बेंगलोरस्थित बिसिसिआईको सेन्टर अफ एक्सिलेन्समा मेडिकल टिमको स्वीकृतिमा बुमराह अप्रिलको सुरुसम्ममा टोलीमा सामेल हुने अपेक्षा गरिएको छ । गत जनवरी ४ मा सिड्नीमा भएको बोर्डर–गावस्कर ट्रफी टेस्टका क्रममा बुमराहको ढाडको तल्लो भागमा चोट […]

March 14, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

Success

Thank you for your time.