2 years ago
April 16, 2023
एजेन्सी – शीर्षक्रमका ब्याटर वेंकटेश ऐरको उत्कृष्ट शतकमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २२ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । तेस्रो नम्बरका युवा खेलाडी वेंकटेश ऐरले ५१ बलमा ६ चौका र ९ छक्कासहित १ सय ४ रनको सानदार शतकीय इनिङ खेले । उनले ४९ बलमा आफ्नो आइपिएल करिअरको पहिलो शतक हानेका थिए ।
आइपिएलमा कोलकाताबाट उनी शतक हान्नै मात्रै दोस्रो खेलाडी हुन् । यसअघि कोलकाताबाट सन् २००८ मा ब्रेन्डम म्याकुलमले बेंगलोरविरुद्ध १ सय ५८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यसपछि म्याकुलमपछि कोलकाताका ब्याटरले शतक हान्न सकेका थिएनन् ।
वेंकटेश ऐरले आइपिएलमा कोलकाताको १५ वर्षदेखिको शतकको खडेरी तोडेका हुन् । ओपनर रहमानउल्लाह गुरबाज ८ र नारायण जगदीशन डक आउट भए । दोस्रो ओभरको पाँचौं बलमा क्यामरन ग्रीनले जगदीशनलाई शोकीनबाट क्याच गराएका थिए । छैटौं ओभरको तेस्रो बलमा स्पिनर पियुष चवालाले गुरबाजलाई डुवान यानसनबाट क्याच गराए ।
ऋथिक शोकीनले कप्तान नितिश राणालाई ५ रनमा वैकल्पिक फिल्डर रमनदीप सिंहबाट क्याच आउट भए । शार्दुल ठाकुर ११ बलमा १ चौकासहित १३ रनमा आउट भए । रिंकु सिंह १८ बलमा २ चौकासहित १८ रनमा आउट भए । आन्द्रे रसेल ११ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे ।
मुम्बईका पियुष चवालाले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । ऋथिक सोकिनले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । डेब्यू खेल खेलेका अर्जुन तेन्दुलकरले २ ओभरमा १७ रन खर्चिदा विकेट लिन सकेनन् ।
त्यस्तै डेब्यू खेल खेलेका डुवान यानसनले ४ ओभरमा ५३ रन खर्चेर १ विकेट लिए । राइली मेरीडिथ र क्यामरन ग्रीनले समान एक विकेट लिए । मुम्बईको यस खेलमा सूर्यकुमार यादवले कप्तानी गरेका छन् । रोहित शर्मा टोलीमा छैनन् ।
अपडेट : रोहित शर्मा इम्प्याक्ट प्लेयरको रुपमा ब्याटिङ गर्न ओपनरको रुपमा आएका छन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]