2 years ago
April 16, 2023
एजेन्सी – कप्तान बाबर आजमको उत्कृष्ट शतकमा पाकिस्तानले दोस्रो टि२० आई खेलमा न्युजिल्यान्डलाई ३८ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै घरेलु टोली पाकिस्तानले पाँच टि२० आई खेलको सिरिजमा २–० को अग्रता लिएको छ ।
जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । न्युजिल्यान्डका मार्क च्यापम्यानले ४० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रनमा अविजित रहे । अन्य कुनैपन ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर तथा कप्तान टम लाथम १९, चाद वोवेस २६, विल योंग र डर्याल मिचेल ९–९ रनमा आउट भए । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । शादब खान, इमाद वासिम र जमान खानले समान एक एक विकेट लिए ।
त्यसअघि गद्धाफी स्टेडियम लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजम ५८ बलमा ११ चौका र ३ छक्कासहित १ सय १ रनमा अविजित रहे ।
उनले जेम्श निसमलाई अन्तिम दुई बलमा लगातार चौकाका साथ शतक पूरा गरेका थिए ।
बाबरको यो टि२० आई करिअरको तेस्रो शतक हो । अर्का ओपनर मोहम्मद रिजवान ३४ बलमा ६ चौका र १ छक्कासहित ५०, इमाद वासिम दुई, फखार जमान र सैम अयुब डक आउट भए ।
पहिलो विकेटका लागि बाबर र मोहम्मद रिजवानले १०.४ ओभरमा ९९ रनको साझेदारी गरेका थिए । इफ्तिखर अहमद १९ बलमा १ चौका र ३ छक्कासहित ३३ रनमा अविजित रहे ।
न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । नसिम शाह र रचिन रविन्द्रले समान एक विकेट लिए । पहिलो खेलमा पाकिस्तान ८८ रनले विजयी भएको थियो । अव तेस्रो खेल सोमबार, चौथो खेल बिहीबार र पाँचौं खेल सोमबार हुनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]