default_image

2 years ago

April 16, 2023

एसिसी प्रिमियर कप खेल्ने नेपालको टोली घोषणा

485 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले रोहित पौडेलको कप्तानीमा एसिसी प्रिमियर कप खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानसँगको अभ्यास खेलपछि अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ ।

नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो महिना टियु क्रिकेट मैदानमा युएई र पपुवा न्युगिनीसँग लिग २ त्रिकोणात्मक ओडिआई सिरिज खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । नेपालले डेथ ओभरमा किशोर महतोलाई मौका दिनसक्ने अनुमान गरिएको थियो । तर किशोर वैकिल्पक सूचिमा छन् ।

पछिल्लो समय डेथ ओभरमा नेपालले लगातार खराब प्रदर्शन गर्दै आएको थियो । तर नेपालले पछिल्ला १२ मध्य ११ खेलमा जितका साथ सोझै विश्वकप छनोट तथा ओडिआई मान्यता दिलाएको टोलीलाई निरन्तरता दिने निर्णय लिएको हो ।

एसिसी प्रिमियर कप मंगलबारदेखि टियु र मुलपानीमा सुरुहुनेछ । १० टोली सहभागी प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ ।

नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । उक्त खेल नेपालको ५० औं ओडिआई पूरा हुनेछ । नेपालले मुलपानीमा साउदी अरेवियासँग वैशाख ११ खेल्नेछ । नेपालले वैशाख १४ मा कतारसँग टियुमा खेल्नेछ।

सेमिफाइनल वैशाख १६ गते हुनेछ । फाइनल वैशाख १८ गते हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । उपाधि विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । नेपाल पहिलो पटक एसिया कप खेल्ने सोचमा हुनेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

वैकल्पिक खेलाडी : अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.