default_image

2 years ago

April 15, 2023

पहिलो जितको खोजीमा दिल्ली

295 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २० औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा चिन्नास्वामीमा हुनेछ । दिल्ली ४ खेलमा सबैमा पराजित हुँदै पुछारमा छ । बेंगलोर ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ आठौं स्थानमा छ।

दिल्ली पहिलो जितको खोजीमा हुनेछ । आजको खेलमा पराजित भएमा शीर्ष चारमा रहँदै प्लेअफ खेल्न दिल्लीलाई धेरै कठिन पर्नेछ । दिल्ली लखनऊ सुपर जायन्ट्ससँग ५०, गुजरात टाइटन्ससँग ६ विकेट, राजस्थान रोयल्ससँग ५७ र मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको थियो ।

दिल्ली शीर्षक्रमका ब्याटरबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । ओपनर डेविड वार्नर र पृथ्वी शाले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । ब्याटिङ मजबुत बनाउन मुश्ताफिजुर रहमानको स्थानमा फिलिप साल्टलाई मौका दिनसक्छ । इंग्लिस विकेटकिपर साल्ट राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

दिल्लीको मध्यक्रम कमजोरीको रुपमा छ । मनिष पाण्डे, यश धुल र रोभम्यान पावेलले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । अक्षर पटेल फिनिसरको रुपमा खेल्नेछन् । तीव्र गतिका बलर एनरिच नोर्किया र मुकेश कुमार प्रमुख बलर हुन् । स्पिनरमा अक्षर पटेल र कुलदीप यादव रहनेछन् ।

उता बेंगलोर पछिल्लो खेलमा लखनऊविरुद्ध २ सय १२ रन बनाउँदा पनि पराजित भएको थियो । लेगस्पिनर वानिन्दु हसरंगाको आगमनले बेंगलोरको मध्यक्रम बलिङ मजबुत बन्नेछ । हसरंगाले डेविड विल्लीको स्थान लिने सम्भावना छ ।

विराट कोहली, फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल बेंगलोरका प्रमुख ब्याटर हुन् । तीव्र गतिका बलरमा वायन पार्नेल र मोहम्मद शिराज रहनेछन् ।

आजको अर्को खेलमा पन्जाब किंग्स र लखानऊबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा एककाना क्रिकेट स्टेडियममा हुनेछ । लखनऊ ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।

आजको खेलमा जितका साथ लखनऊ शीर्ष स्थानमा उक्लिन चाहन्छ । पन्जाब ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.