default_image

2 years ago

April 15, 2023

रौफको उत्कृष्ट बलिङसँगै पाकिस्तानको सानदार जित

153 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर हरिस रौफको उत्कृष्ट बलिङको सहयोगमा पाकिस्तानले पहिलो टि२० आई खेलमा न्युजिल्यान्डलाई ८८ रनले हराएको छ । योसँगै घरेलु टोली पाकिस्तानल पाँच खेलको सिरिजमा १–० को अग्रता लिएकोछ ।

जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भयो । न्युजिल्यान्डका मार्क च्यापम्यानले २७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । इन्डियन प्रिमियर लिगा र केहि खेलाडी घाइते हुँदा न्युजिल्यान्डले दोस्रो रोजाईको टोली पाकिस्तान पठाएको छ ।

ओपनर तथा कप्तान टम लाथम २०, चाद वोवेस १, विल योंग २, डर्याल मिचेल ११, जेम्श निसम १५ र रचिन रविन्द्र २ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । ईमाद वासिमले १ ओभरमा २ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, जमान खान, फहिम अशरफ र शादब खानले समान एक विकेट लिए ।

त्यसअघि गद्धाफी स्टेडियम लाहोरमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.५ ओभरमा १ सय ८२ रनमा अल आउट भएको थियो । पाकिस्तानका युवा ब्याटर सैम अयुबले २८ बलमा ६ चौका र २ छक्कासहित ४७ रनमा रन आउट भए । फखार जमानले ३४ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाए ।

तीव्र गतिका बलर एडम मिल्नेले ओपनर मोहम्मद रिजवानलाई ८ र बाबर आजमलाई ९ रनमा आउट गरेका थिए । शादब खान ५, इफ्तिखर अहमद शून्य, इमान वासिम १६, फहिम अशरफ २२ र हरिफ रौफले ११ रन बनाए ।

न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरीले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । म्याट हेनरीले १३ औं ओभरको पाँचौं बलमा शादब खान, छैटौं बलमा इफ्तिखर अहमद र १९ औं ओभरको पहिलो बलमा शाहिन शाह अफ्रिदीलाई आउट गर्दै ह्याट्रिक लिएका थिए ।

एडम मिल्नेले ४ ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । बेन लिस्टरले दुई, जेम्श नसिम र ईश सोधीले समान एक विकेट लिए । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ । चौथो खेल बिहीबार र अन्तिम खेल सोमबार हुनेछ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.