2 years ago
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले दुई वर्षअघि मुख्य प्रशिक्षकको रुपमा मोन्टि देशाई आएको भए आफू खेलि राखेको हुनसक्ने बताएका छन् । विहीबार पारसले हाम्रो खेलकुद डटकमसँगको विशेष अन्तरवार्ताको क्रममा उक्त प्रतिक्रिया दिएका हुन् ।
‘मोन्टि सरको अर्को प्लस प्वाइन्ट छ के छ भने वहाँले मैदान भित्रमात्रै नभएर बाहिर पनि अभिभावकको रुपले खेलाडीको हौसला बढाउनु भएकोछ । वहाँसँग नेपाली क्रिकेटप्रति धेरै राम्रो उदेश्य छ । दुई वर्षअघि मोन्टि सर आएको भए म पनि खेलि राखेको हुन्थे होला’, पारसले भने । त्यसैमा थपे, ‘वहाँको काम गर्ने शैली अर्कै खालको छ । जसले गर्दा हरेक खेलाडीमा अ गर्नुपर्छ है भन्ने हुन्छ । जुन यसअघि पुबुदु दासानायिके र रोय डायस सरको पालामा थियो । जगत गुरु प्रशिक्षक हुँदा पनि हामी जसो तसो गरेर लडेर गरेका थियौं ।’
मोन्टि आउनु अघि नेपालको ओडिआई मान्यता नै संकटमा पुगेको थियो । नेपालले सोझै ओडिआई मान्यता पाउन लिग-२ मा बाँकी १२ मध्य ९ खेलमा जित्नै पर्ने थियो । मोन्टिको आगमनसँगै नेपालले जादुमयी प्रदर्शनका साथ १२ मध्य ११ खेलमा जित हात पार्यो । सोझै ओडिआई मान्यताका साथ विश्वकप छनोटमा स्थान बनायो ।
‘पहिला त नेपालले ओडिआई मान्यता कसरी पायो भन्ने छ । २०१८ मा करण केसी र सन्दीप लामिछानेले क्यानडाविरुद्ध जुन साझेदारी गरे, कुनैपनि खेल जित्दा म त्यस्तो कहिल्यै कुदेको थिएन । एउटा खेल पनि हार्यो भने करिअर अन्त्य हुनसक्छ । जसरी हामीले त्यो खेल जित्यौ त्यहिँ दिन नै मलाई के आत्माविश्वास आएको थियो भने जिम्बावेमा त ओडिआई मान्यता पक्कैपनि पाउछौं पाउछौं । जिम्बावेमा आत्माविश्वासका साथ गयौं । राम्रो खेल्यौं र ओडिआई पायौं’, उनले भने ।
त्यसैमा उनले थपे, ‘नेपाली क्रिकेट जहिले पनि यस्तै जादुले जित्दै आएका छौं । नेपाली क्रिकेटमा खेलाडी र प्रशिक्षकहरुको ठूलो योगदान छ । वषौंदेखि गरेको मिहिनेतको कारण जसोतसो आजसम्म हामी टिकेका छौं । ओडिआईपछि कोभिड थियो । म्याचहरु खेल्न पाएनौं । हुँदा हुँदै अन्तिममा आएर १२ वटा ओडिआई थियो । ९ वटा जित्नुपर्ने थियो । सबैलाई लाग्थ्यो कि यो अव हुन सक्दैन । मलाई पनि लाग्थ्यो यो अव हुन सक्दैन । मोन्टिसरको नियुक्ति सबैभन्दा महत्वपूर्ण थियो ।’
पारसले मोन्टिको नियुक्तसँगै अव मैदानभित्रको चिन्ता लिन नपर्ने बताए । ‘एउटा सबैभन्दा सकरात्मक कुरा के थियो भने मोन्टि सरको नियुक्ति थियो । वहाँको नियुक्ति किन महत्वपूर्ण थियो भने वहाँलाई लिनुपर्छ भन्दा कति कुरा मिल्यो मिलेन । म ब्यक्तिगत रुपमा मोन्टिसरसँग नजिक थिए । वहाँ ब्याटिङ प्रशिक्षकको रुपमा काम गर्नु भएको थियो । मलाई अहिले पनि यादछ । २०१८ मा वहाँ अफगानिस्तानको ब्याटिङ प्रशिक्षक हुनुन्थ्यो । हामीले ओडिआई मान्यता पाएपछि वहाँलाई पाटीमा निमन्त्रणा गरेका थियौं’, पारसले भने ।
त्यसैमा थपे, ‘मोन्टिसर आएपछि मैदान भित्र हामीले चिन्ता लिनु प्रदैन भन्ने मलाई विश्वास थियो । यो १२ खेलको नतिजाले भनेको होईन । वहाँको खेलाडी व्यवस्थापन क्षमता । क्रिकेट प्रतिको लगाव । तपाई वहाँलाई भेट्दानै यतिधेरै खुसी हुनुन्छ । अव हामी अघि बढ्न सक्छौं । यदि ओडआई अहिले नै पाएनौं भने हामी खाली पैसामा अड्किएका छौं । ओडिआई भनेको आफूभन्दा बलियो टोलीसँग खेल्ने लाइसेन्स हो । हामीले तर राम्रो टोलीसँग खेल्न सकेनौं ।’
पारसले २०७८ साउन १९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल ब्याटर पारसको कप्तानीमा नेपालले २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । डिभिजन पाँच देखि टु हुँदै २०१८ मा ओडिआई मान्यता प्राप्त गरेको थियो । ओडिआई र टि२० आई दुबैमा शतक हान्ने पारस नेपालको पहिलो खेलाडी समेत हुन् ।
पारसले सन्न्यासको घोषणा गर्दा सबै समर्थक र शुभचिन्तक दुखी थिए । पारस खड्काले आफूलाई अलिकति त्यो समय बोझ कम भएको बताउँछन् ।
‘त्यति बेला मैले घोषणा गर्दा सबै जना पारसले क्रिकेट छाड्यो भनेर सबैजना दुखी हुनुन्थ्यो । तर मलाई अलिकति राहत त नभनौ बोझ कम भएको थियो । देशको लागि प्रतिनिधित्व गर्ने मौका पाए । म सानामा क्रिकेटर बन्छु भनेर बनेको पनि होईन । क्रिकेट, फुटबल र बास्केटबल सबै खेल्दा जव क्रिकेटमा लागियो राम्रो हुँदै जादा यू१५, यू१७, यू१९ हुँदै सिनियर टोलीसम्म पर्दा सम्म खाली दिमागमा विदेश जाने सोच थियो । मेरो भाग्यमा सायद क्रिकेट जोडिएकै रहेछ’, पारसले भने ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]