default_image

1 year ago

April 11, 2023

छक्का हानेकै सटमा खेलाडी आउट भएपछि…

209 views

0 Bookmark

क्रिकेटमा समर्थकलाई सबैभन्दा बढी मनोरञ्जन प्रदान गर्ने क्षण ब्याटरले छक्का हान्दा नै हो । हरेक दर्शक र शुभचिन्तक आफ्नो समर्थन गरेको टोली वा ब्याटरबाट मैदानमा चौका र छक्का बढी हेर्न चाहन्छन् । ब्याटरलाई छक्का सबैभन्दा सुरक्षित मानिन्छ । छक्का हानेर पनि आउट भएको हुने ब्याटर विश्व क्रिकेटमा विरलै होलान् ।

तर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा लखनऊ सुपर जायन्ट्सका युवा ब्याटर आयुष बदोनी छक्का हानेपनि दुर्भाग्यपूर्ण आउट हुन पुगे । सोमबार राती लखनऊले आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि एक विकेटको रोमान्चक जित हात पार्यो । उक्त खेलमा लखनऊका युवा ब्याटर आयुष बदोनी दुर्भाग्य र आश्चर्यजनक रुपमा आउट भए ।

तीव्र गतिका बलर वायन पार्नेलले गरेको १९ औं ओभरको चौथो बललाई २३ वर्षीय युवा खेलाडी बदोनीले कलात्मक छक्का हाने । लेग साइडको बललाई बदोनीले स्वीप सटमा एक हातले फाइन लेगमाथि लोभलाग्दो छक्का हानेका थिए । तर भाग्यले साथ नदिदा छक्का होईन आउट भएर फर्किनु पर्यो । उनले ब्याटलाई छक्का हानेपछि रोक्न नसक्दा स्टम्पमा लाग्दै दुर्भाग्यपूर्ण आउट भएका थिए ।

बदोनीको ध्यान छक्का हेर्नेमा थियो । उनले ब्याटमा ध्यान दिएनन् । तर त्यो समय उनले आफ्नो ब्याटलाई रोक्न सकेनन् । हातले ब्याट पुरै घुमाउँदा अफ स्टम्पमा ब्याटले लाग्दै हिट विकेटको रुपमा आउट हुनु परेको थियो । बदोनी आफैं आश्चर्य र अलमलमा परेका थिए ।

त्यसपछि निराशा र पिडा त स्वभाविक थियो । यदि उक्त बलमा आउट नभएको भए छक्का हुन्थ्यो । आउट भएपछि छक्का मानिदैन । लखनऊलाई ८ बलमा जितको लागि मात्रै एक रन बनाउनु पर्ने हुन्थ्यो । तर छक्का हानेर पनि उनी आउट हुन पुगे ।

युवा ब्याटर बदोनीले आइपिएलमा राम्रो प्रभाव छाड्दै आएका छन् । गतवर्ष डेब्यू खेलमै गुजरात जायन्ट्सविरुद्ध ४१ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनको इनिङ खेलेका थिए । आइपिएलमा १७ खेलमा १४ इनिङमा ब्याटिङ गर्दै बदोनीले २ सय ३२ रन बनाएका छन् । दिल्लीबाट घरेलु क्रिकेट खेल्ने उनले तल्लोक्रममा राम्रो प्रभाव छाड्दै आएका छन् ।

लखनऊले गतवर्ष अक्सनमा उनलाई २० लाख भारुमा किनेको थियो । लखनऊले यस पटक आयुषलाई इम्प्याक्ट प्लेयरको रुपमा खेलाउँदै आएको छ । यस सिजनमा उनले चेन्नई सुपर किंग्सविरुद्ध २३ र दिल्ली क्यापिटल्सविरुद्ध १८ रन बनाएका थिए । बदोनीले गत जनवरीमा रणजी ट्रफीमा २४ चौका र ६ छक्कासहित १ सय ९१ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

निकै रोमान्चक खेलमा लखनऊले अन्तिम बलमा जित हात पार्यो । लखनऊलाई जितको लागि अन्तिम बलमा एक रन चाहिएको थियो । आवेश खान मिस भएपनि लेग वाइको रुपमा रन जोडेका थिए । विकेटकपर दीनेश कार्तिकले रन आउटको अवसर गुमाएका थिए ।

त्यो बल अघि तीव्र गतिका बलर हर्षल पटेलले नन स्ट्राइकमा रहेका रवि विश्रोईलाई रन आउट (मांकड) गर्न बाट चुकेका थिए । बलिङ गर्न खोजेपछि विश्रोई रन बटुल्न धेरै अघि बढेका थिए । हर्षलले चलाखीपूर्ण बलिङ रनअप रोकेर रन आउट गर्न खोजेका थिए । तर उनी त्यहाँ स्टम्पको बेल्स निकाल्नबाट चुके ।

लखनऊलाई जिताउन बदोनीले छैटौं विकेटका लागी निकोलस पुरनसँग ३५ बलमा ८४ रनको उत्कृष्ट साझेदारी गरेका थिए । बदोनीले २४ बलमा ४ चौकासहित ३० रन बनाएका थिए । पुरन १९ बलमा ४ चौका र ७ छक्कासहित ६२ रनमा आउट भए । पुरनले १५ बलमै अर्धशतक हानेका थिए । मार्कस स्टोइनिस ३० बलमा ६ चौका र ५ छक्कासहित ६५ रन बनाए ।

पुरन र स्टोइनिसको उत्कृष्ट प्रदर्शनको सहयोगमा जितको लागि २ सय १३ रनको विशाल लक्ष्य निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो ।

त्यसअघि घरेलु मैदान चिन्नास्वामीमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएपनि पुन बलिङ कमजोर भएपछि बेंगलोरले जित हात पार्न सकेन । बेंगलोरका विराट कोहली ६१, फाफ डु प्लेसिस ७९ र ग्लेन म्याक्सवेलले ५९ रनको योगदान दिएका थिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.