default_image

2 years ago

April 10, 2023

ओमानले प्रिमियर कप अघि नेपालसँग अभ्यास खेल खेल्ने

416 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानले एसिसी प्रिमियर कप अघि घरेलु टोली नेपालसँग अभ्यास खेल खेल्ने भएको छ । क्रिकेट ओमानले एसिसी प्रिमियर कप अघि नेपाल र बहराइनसँग अभ्यास खेल खेल्ने जनाएको छ ।

ओमानले नेपालसँग वैशाख २ (अप्रिल) १५ मा अभ्यास खेल खेल्नेछ । त्यसअघि चैत्र ३० (अप्रिल १३ मा) मा बहराइनसँग अभ्यास खेल खेल्नेछ । नेपालले मुलपानी वा टियु मध्य कहाँ अभ्यास खेल खेल्ने त्यो भने पक्का भई सकेको छैन ।

‘अभ्यासको लागि कुरा भएको छ । अहिले बन्द प्रशिक्षणमै रहेको नेपालको टोलीले नै अभ्यास खेल खेल्ने हो । माथिल्लो मुलपानी वा मिल्यो भने टियुमा खेल्ने कुरा छ । ठ्याक्कै पक्का भएको छैन । आज सबै थाहा हुन्छ’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले हाम्रो खेलकुदसँग भने ।

नेपालले २१ सदस्य टोली घोषणा गर्दै बन्द प्रशिक्षणमा जारी राखेको छ । पाठक अन्तिम टोली आउन अझै एक दुई दिन लाग्न सक्ने बताए । ‘अन्तिम टोली आउन अझै एकदुई दिन लाग्छ होला । हामीलाई ए टिम पनि बनाउनु पर्ने भएको छ’, उनले भने ।

एसिया कप १८ अप्रिल देखि १ मे सम्म टियु र मुलपानी मैदानमा हुनेछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । ओमान पहिलो पटक एसिया कप खेल्ने सोचमा हुनेछ ।

ओमान र नेपालबीच वैशाख ८ (अप्रिल २१) मा टियु मैदानमा ओडिआई मान्यता खेल हुनेछ । प्रिमियर कप उपाधि दाबेदार यी दुईबीचको नतिजाले समूह ए को विजेता र उपविजेता निर्धारण हुने अनुमान गरिएको छ ।

ओमानले पहिलो खेल १९ अप्रिलमा मुलपानी मैदानमा कतारसँग खेल्दै सुरुवात गर्नेछ । नेपालसँग टियुमा खेलेपछि ओमानले अप्रिल २३ मा मुलपानीमा मलेसियासँग खेल्नेछ । २६ अप्रिलमा ओमानले टियु मैदानमा साउदी अरेवियासँग खेल्नेछ ।

ओमानको टोली :

जिशान मकसुद (कप्तान), अकिब इलायस (उप-कप्तान), जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदील शफिक (विकेटकिपर), जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी (विकेटकिपर) र फैज बुट ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.