2 years ago
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेविरुद्ध नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले दुई जनाको बक पत्र गराउन आदेश हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले आइतबार पीडित किशोरीको मेडिकल गर्ने डाक्टर र अर्का एकजनाको बकपत्र गराउन आदेश दिएका हुन् । सुनुवाइ सुरु हुन लाग्दा पीडित पक्षका कानून व्यवसायीले बकपत्रको काम बाँकी रहेको र उनीहरुलाई झिकाउनुपर्ने माग गरेका थिए । त्यसपछि न्यायाधीशले उनीहरुको बकपत्र गर्न आदेश दिएको बताइएको छ ।
गत कात्तिक २९ गते न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । घिमिरेले गरेको आदेश उच्च अदालत पाटन र सर्वोच्च अदालतबाट बदर भएको थियो । उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ९९ दिन सन्दीप थुनामुक्त भएका थिए ।
त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको थियो । त्यसयता राष्ट्रिय टोलीले खेलेका १२ मध्ये सन्दीपले ११ खेल खेलेका थिए । उच्च अदालतले उनलाई विदेश जानबाट भने रोक लगाएको थियो ।
पछि सर्वोच्च अदालतले सन्दीपलाई थुना बाहिर राख्ने आदेश नै सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो । सन्दीप वैशाख ५ गते देखि नेपालमा सुरु हुने एसिसी प्रिमियर कपको तयारीका लागि हाल राष्ट्रिय टोलीको प्रशिक्षणमा छन् ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ । लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर […]
March 14, 2025
एजेन्सी – चोटका कारण मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले इण्डियन प्रिमियर लिग (आइपिएल) सुरुवाती केही खेल गुमाउने भएका छन् । बेंगलोरस्थित बिसिसिआईको सेन्टर अफ एक्सिलेन्समा मेडिकल टिमको स्वीकृतिमा बुमराह अप्रिलको सुरुसम्ममा टोलीमा सामेल हुने अपेक्षा गरिएको छ । जनवरी ४ मा सिड्नीमा भएको बोर्डर–गावस्कर ट्रफी टेस्टका क्रममा बुमराहको ढाडको तल्लो भागमा चोट लागेको […]