2 years ago
April 9, 2023
एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १३ औैं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरातका कप्तान राशिद खानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नियमित कप्तान हार्दिक पान्ड्या आजको खेलमा उपलब्ध छैनन् । उनी केहि अस्वस्थ हुँदा जोखिम नखिएको राशिद खानले बताएका छन् । गुजरातले एक परिवर्तन गरेको छ । हार्दिकको स्थानमा विजय शंकरलाई मौका दिएको छ । विजय शंकरले पछिल्लो खेलमा इम्प्याक्ट प्लेयरको रुपमा खेलेका थिए ।
उता कोलकाताले दुई परिवर्तन गरेको छ । ब्याटर मन्दीप सिंहको स्थानमा नारायण जगदीशनलाई मौका दिएको छ । त्यस्तै टिम साउथीको स्थानमा लोकी फर्गुसनलाई मैदान उतारेको छ । टोलीमा अन्य परिवर्तन छैन ।
गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो । उता कोलकाता पहिलो खेलमा पन्जाबसँग ७ रनले पराजित भएको थियो । दोस्रो खेलका कोलकाताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले हराएको थियो ।
कोलकाताको प्लेइङ ११ :
रहमानउल्लाह गुरबाज(विकेटकिपर, नारायण जगदीशन, नितिश राणा(कप्तान), रिंकु सिंह, आन्द्रे रसेल, सुनिल नारायण, शार्दुल ठाकुर, सुयश शर्मा, लोकी फर्गुसन, उमेश यादव र बरुण चक्रवर्ती ।
गुजरातको प्लेइङ ११ :
ऋद्धिमान शाह(विकेटकिपर), शुभमन गिल, साई सुदर्शन, विजय शंकर, डेविड मिलर, राहुल टेवाटिया, अभिनव मनोहर, राशिद खान(कप्तान), मोहम्मद शामी, अल्जारी जोशेफ र यश दयाल ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]