2 years ago
April 9, 2023
एजेन्सी – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेको कसिलो बलिङमा बर्मी आर्मीले हङकङमा जारी फेयर ब्रेक टि२० क्रिकेट प्रतियोगितामा वारियर्स वुमन्सलाई १७ रनले हराएको छ।
जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको वारियर्स निर्धारित २० ओभरमा १ सय ४६ रनमा अल आउट भयो । उसको लागि क्याथरिन ब्राइसले २६ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाइन् । ओपनर हेली म्याथ्युज १८ बलमा ३ चौकासहित २८ र यासिमा खानले १५ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बर्मी आर्मीकी रुविनाले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन् । रुविनाले १८ बल गर्दा कुनैपनि चौका र छक्का खर्चिनन् । तारा नोरिस र डोटिनले समान दुई विकेट लिइन् ।
रुविनाले आठौं ओभरमा मात्रै तीन रन दिँदै उत्कृष्ट सुरुवात गरेकी थिइन् । उनले ६ मध्य ४ बल डट राखेकी थिइन् । यासमिन खानलाई रुविनाले सुरुवाती तीन बल डट राख्दा चौथो बलमा दुई, पाँचौंमा एक र अन्तिम बलमा डट राखिन् ।
१४ औं ओभरमा रुविनाले मात्रै ७ रन खर्चिन् । कप्तान सिन्धु श्रीहर्ष र क्यानरिनविरुद्ध रुविनाले राम्रो बलिङ गरिन् । उनले पहिलो बलमा सिन्धुलाई एक रन दिँदा त्यसपछिका दुई बलमा दुई दुई रन खर्चेकी थिइन् । चौथो बलमा डट, पाँचौं र छैटौं बलमा एक एक रन खर्चिन् ।
१६ औं ओभरमा रुविनाले कप्तान सिन्धुको विकेटसहित मात्रै ६ रन खर्चेकी थिइन् । सुरुवाती दुई बलमा एक एक रन दिइन् । तेस्रो बलमा कप्तान सिन्धु नोरिसबाट १४ रनमा क्याच भएकी थिइन् । चौथो बलमा एक, पाँचौंमा दुई र अन्तिम बलमा एक रन दिएकी थिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । बर्मीकी डिआन्ड्रा डोटिनले ४८ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ६९ रन बनाएकी थिइन् । बमीले बुधबार शफरिससँग खेल्नेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]