2 years ago
April 8, 2023
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई ५७ रनले हराउँदै दोस्रो जित हात पारेको छ । दिल्ली क्यापिटल्सले लगातार तेस्रो हार व्यहोर्न पुगेको छ।
जितको लागि २ सय रनको बलियो विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । दिल्लीका ओपनर तथा कप्तान डेविड वार्नरले ५५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रन बनाएपनि जितको लागि पर्याप्त थिएन ।
दिल्लीको सुरुवात नै निकै खराब रह्यो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको पहिलो ओभरको तेस्रो बलमै ओपनर पृथ्वी शालाई विकेटकिपर सन्जु स्यामसनबाट शून्यमा क्याच आउट भए । सन्जुले डाइभ हान्दै एक हातले उत्कृष्ट क्याच लिएका थिए । लगत्तै अर्को बलमा मनिष पाण्डे शून्यमा एलबीडब्लू आउट भए । सुरुवाती दुई विकेट गुमाउँदा दिल्लीले खाता खोलेको थिएन ।
तेस्रो विकेटका लागि कप्तान डेविड वार्नर र राइली रोसोउले ३६ रनको साझेदारी गरेका थिए । स्पिनर रविचन्द्रन आश्विनले छ्रैटौं ओभरको चौथो बलमा रोसोउलाई १४ रनमा यशस्वी जैसवालबाट क्याच आउट भएका थिए । रोसोउ स्वीप खेल्न चाहेपनि एज लागेर कभरमा क्याच आउट हुन पुगेका थिए ।
चौथो विकेटका लागि ललित यादव र वार्नरले ४४ बलमा ६४ रनको साझेदारी गरेका थिए । ललित २४ बलमा ५ चौकासहित ३८ रनमा बोल्टकै बलमा बोल्ड भए । अक्षर पटेल र रोभम्यान पावेलले दुई दुई रन बनाए ।
राजस्थानका ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । रविचन्द्र आश्विनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । लेगस्पिनर युजभेन्द्र चहलले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।
त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । राजस्थानको जितमा अनुभवी ब्याटर तथा ओपनर जस बटलरले ५१ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।
अर्का बायाँ हाते युवा ओपनर यशस्वी जैसवाल ३१ बलमा ११ चौका र १ छक्कासहित ६० रनको उत्कृष्ट इनिङ खेले । पहिलो विकेटका लागि जैसवाल र बटलरले ८.३ ओभरमा ९८ रनको साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । जैसवालले २५ र बटलरले ३२ बलमा अर्धशतक हानेका थिए ।
दुबै खेलाडी तीव्र गतिका बलर मुकेश कुमारको बलमा कट एण्ड बोल्ड आउट भएका थिए । कप्तान सञ्जु स्यामसन डक र रियान पराग ७ रनमा आउट भए । शिम्रन हेटमायरले राम्रो अन्त्य गर्दै २१ बलमा १ चौका र ४ छक्कासहित ३९ रनमा अविजित रहे ।
दिल्लीका तीव्र गतिका बलर मुकेश कुमारले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कुलदीप यादव र रोभम्यान पावेलले एक एक विकेट लिए । पहिलो खेलमा दिल्ली लखनऊ सुपर जायन्ट्ससँग ५० रन र दोस्रो खेलमा गुजरात टाइटन्ससँग ६ विकेटले पराजित भएको थियो । दिल्लीले चौथो खेलमा मंगलबार मुम्बई इन्डियन्ससँग खेल्नेछ ।
राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो । पन्जाब किंग्ससँग ५ रनले पराजित हुन पुगेको थियो । राजस्थानले चौथो खेलमा बुधबार चेन्नई सुपर किंग्ससँग खेल्दैछ । आजको अर्को खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]