2 years ago
April 8, 2023
एजेन्सी – ओपनर टिम सिफर्टको सानदार ब्याटिङको सहयोगमा न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टि२० आई खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गरेकोछ । योसँगै घरेलु टोली न्युजिल्यान्डले तीन टि२० आई खेलको सिरिज २-१ ले जितेको छ ।
जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ओभरमा न्युजिल्यान्डलाई जितको लागि ६ बलमा १० रन चाहिँएको थियो । मार्क च्यापम्यानले पहिलो बलमै लाहिरु कुमारलाई ओभर मिड विकेटमा छक्का हानेका थिए । तर दोस्रो बलमा उनी १६ रनमा चरिथ असलंकाबाट क्याच आउट भए ।
तेस्रो वाइड बलमा जेम्श निसम रन आउट भए । तेस्रो बलमा डर्याल मिचेल दासुन शानकाबाट १५ रनमा क्याच आउट भए । चौथो बलमा एडम मिल्नेले एक रन बटुले । अन्तिम दुई बलमा दुई रन चाहिँएको अवस्थामा रचिन रविन्द्रले पाँचौं बलमा खेल जिताएका थिए ।
न्युजिल्यान्डको जितमा टिम सिफर्टले ४८ बलमा १० चौका र ३ छक्कासहित ८८ रनको उत्कृष्ट इनिङ खेले । ओपनर चास बोवेस १७, टम लाथम ३१ रनमा आउट भए । श्रीलंकाका लाहिरु कुमाराले ३.५ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । महेश थिक्सेना र प्रमोद मदुशानले एक एक विकेट लिए ।
त्यसअघि क्विन्सटाउनमा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । श्रीलंकाका कुशल मेन्डिसले ४८ बलमा ६ चौका र ४ छक्कासहित ७३ रनको उत्कृष्ट इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । ओपनर पाथुम निसांका २५, कुशल पेरेरा ३३, धनन्जय डि सिल्भा २०, दासुन शानका १५ र चरिस असलंकाले ३ रन बनाए ।
न्युजिल्यान्डका बेन लिस्टरले दुई विकेट लिए । एडम मिल्ने र ईश सोधीले एक एक विकेट लिए । पहिलो खेलमा श्रीलंका सुपर ओभरमा विजयी भएको थियो । दोस्रो खेलमा न्युजिल्यान्ड ९ विकेटले विजयी भएको थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]