default_image

1 year ago

April 8, 2023

हिलको विष्फोटक शतक, यस्तो रह्यो सीता र रुबिनाको बलिङ

269 views

0 Bookmark

एजेन्सी – कप्तान लौरेन विनफिल्ड हिलको विष्फोटक शतकमा बर्मी आर्मीले वुमन्सले फेयर ब्रेक टि२० क्रिकेट प्रतियोगितामा टोर्नाडोस वुमन्सलाई १० विकेटले पराजित गरेको हो । नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासे सम्मिलित आर्मीले सीताराना मगर सम्मिलित टोर्नाडोसलाई सहजै पराजित गरेको हो । नेपाली दुबै खेलाडीले बलिङ गर्दा ब्याटिङको भने अवसर पाएनन् ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५.४ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । कप्तान हिल ६४ बलमा १७ चौका र ५ छक्कासहित १ सय २० रनमा अविजित रहिन् । त्यस्तै लौरा वोल्भाडर्ट ३१ बलमा २ चौका र २ छक्कासहित ४० रनमा अविजित रहिन् ।

सीताले २ ओभरमा २६ रन खर्चेकी थिइन् । सीताले सातौं र नवौं ओभरमा बलिङ गरेकी थिइन् । सातौं ओभरमा सीताले १० रन खर्चेकी थिइन् । पहिलो बल हिललाई एक र दोस्रो बल डट राखेकी थिइन् । त्यसपछि एक, दुई र डट गर्दै सुरुवाती पाँच बलमा चार रन मात्रै दिएकी थिइन् । अन्तिम बलमा हिलले उनलाई एक छक्का हानिन् ।

नवौं ओभरमा हिलले सीतालाई दुई चौका र एक छक्कासहित कुल १६ रन जोडिन् । पहिलो बल डट राखेपनि दोस्रोमा चौका र तेस्रो बलमा छक्का खर्चेएकी थिइन् । त्यसपछिका दुई बलमा एक एक रन दिइन् । अन्तिम बलमा चौका खान पुगेकी थिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको टोर्नाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । टोर्नाडोसकी सुने लुसले ४३ बलमा ६ चौका र ३ छक्कासहित ६५ र नतासा मिल्सले ४० रन बनाइन् ।

रुबिनाले ३ ओभरमा २० रन खर्चेकी थिइन् । रुबिनाले आर्मीको पहिलो ओभरबाट नै बलिङको सुरुवात नै गरेकी थिइन् । पहिलो ओभरमा रुबिनाले दुई चौकासहित कुल ११ रन खर्चेकी थिइन् । डट बलबाट सुरुवात गरेकी थिइन् । अन्तिमदुई बलमा डेन मान निर्केनले लगातार चौका प्रहार गरिन् । आठौं ओभरमा उनले कसिलो बलिङ गर्दै मात्रै तीन रन खर्चेकी थिइन् । १४ औं ओभरमा रुबिनाले मात्रै ६ रन खर्चेकी थिइन् ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.