2 years ago
April 7, 2023
काठमाडौँं (हाम्रो खेलकुद) – स्वर्गीग रिचा श्रेष्ठको स्मृतिमा पूर्वाञ्चल क्रिकेट एकेडेमीको नाममा विराटनगरमा इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । लिग कम नकआउट नियममा हुने प्रतियोगिता चैत २७ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) उपाध्यक्ष हुँदै तीन दशकसम्म केन्द्रीय रहेका नरेश श्रेष्ठ हाल उनी वरिष्ठ सल्लाहकार हुन् । नरेश श्रेष्ठ परिवारकी एक मात्र छोरी रिचाको ब्लड क्यान्सरका कारण दुई वर्षअघि अष्ट्रेलियामा मृत्यु भएको थियो । उनकै नाममा परिवारले करिब ३० लाखको लागतमा प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबसहित नेपाल र भारतका खेलाडी मिलाएर बनाएको एनबीएससी क्रिकेट टिम, विराटनगरको वाईआरसीसी, सुदूरपश्चिको डडेलधुरा लगायत भारतको दिल्ली र बिहारको नरपथगन्ज क्रिकेट क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउने आयोजकले बताएको छ । त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किट पाउनेछ । प्रतियोगिता सञ्चालन हुने खेल मैदान विराटनगर जुट मिलको उद्घाटन खेल त्रिभुवन आर्मी र बिहारको नरपथगन्ज क्रिकेट टिमबीच हुने खेल तालिका छ । यो प्रतियोगितालाई हरके वर्ष निरन्तरता दिइने श्रेष्ठले बताएका छन् ।
यस प्रतियोगिता गत वर्ष हुने भनिएपनि कोरोना कारण स्थगित भएको थियो । अष्ट्रेलियामा रिचा स्मृति क्रिकेट प्रतियोगिता हुँदै आएको छ । उक्त प्रतियोगिता अष्ट्रेलियामा हरेक वर्ष आयोजना हुने गर्दछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]