default_image

1 year ago

April 7, 2023

कप्तान माक्ररमको आगमनसँगै उत्कृष्ट प्रदर्शनको सोचमा हैदराबाद

88 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १० औं खेलमा आज सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा लखनऊमा सुरुहुनेछ।

लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको थियो । तर दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित हुन पुगेको थियो । पहिलो खेलमा हैदराबाद राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो । पहिलो खेलमा कप्तान एडेन माक्ररम टोलीमा उपलब्ध थिएनन् ।

२ सय ४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १ सय ३१ रन मात्रै बनाएको थियो । हैदराबादको कप्तान एडेन माक्ररमको आगमनले ब्याटिङ मजबुत बन्ने अनुमान गरिएको छ । माक्ररम हैदराबादका प्रमुख ब्याटर हुन् ।

भरपर्दा युवा ब्याटर माक्ररमले नेदरल्यान्ड्सविरुद्ध तेस्रो ओडिआई खेलमा यसै साता १ सय ७५ रनको सानदार इनिङ खेलेका थिए । उच्च लयमा रहेका माक्ररम हैदराबादका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

त्यस्तै फजलहक फारुकीको स्थानमा मार्को यानसन खेल्ने सम्भावना छ । यानसन तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । ग्लेन फिलिप्सको स्थानमा हेनरिक क्लासेनलाई खेलाउन सक्छ ।

हैदराबादमा मयंक अग्रवाल, ह्यारी ब्रुक र माक्ररम प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शनले हैदराबादको योगफल निर्धारण गर्नेछ । पहिलो खेलमा चल्न नसके पनि ह्यारी ब्रुक दोस्रो खेलमा सानदार प्रदर्शन गर्नसक्छन् ।

अलराउन्डर अब्दुल सामद र अभिषेक शर्मा पनि राम्रो ब्याटिङ गर्दछन् । हैदराबादको तीव्र गतिको बलरमा टि नटराजन, उमरान मलिक, भुवनेश्वर कुमार र मार्को यानसन हुनेछन् । स्पिनरमा आदिल राशिद र वासिन्टन सुन्दर हुनेछन् ।

उता लखउनका ओपनर कायल मयर्सले सुरुवाती दुबै खेलमा आक्रामक अर्धशतक हानेका छन् । आक्रामक ब्याटिङका लागि चर्चित युवा ब्याटर मेयर्स हैदराबादका बलरलाई घातक बन्नसक्छन् । दक्षिण अफ्रिकी ओपनर क्विन्टन डि कक पनि आजको खेलमा उपलब्ध हुनेछन् । डि कक पनि राम्रो लयमा छन् ।

दुई साता अघि वेस्टइन्डिजविरुद्ध टि२० आई खेलमा २ सय ५९ रनको विशाल लक्ष्य पूरा गर्न डिककले १ सय रनको सानदार शतकीय इनिङ खेलेका थिए । डि कक र कप्तान लोकेश राहुलले ओपनिङ गर्ने सम्भावना छ । मेयर्स तेस्रो नम्बरमा खेल्न सक्छन् ।

सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गर्न नसकेको राहुल आफैं दबाबमा हुनेछन् । डि कक मार्कस स्टोइनिसको स्थानमा खेल्ने सम्भावना छ । मध्यक्रममा निकोलस पुरन हुनेछन् । पुरन आक्रामक लयमा देखिएका छन् । युवा ब्याटर आयुष बदोनी फिनिसरको रुपमा खेल्नेछन् ।

तीव्र गतिका बलर मार्क वुड प्रमुख बलर हुन् । पहिलो खेलमा दिल्लीसँग पाँच र चेन्नईसँग तीन विकेट लिएका वुडबाट लखनऊ उत्कृष्ट प्रदर्शन चाहन्छ । स्पिनर रवि विश्रोईले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।

हेड टु हेड :

आइपिएलमा हैदराबाद र लखनऊबीच एक खेल भएको छ । जसमा लखऊ १२ रनले विजयी भएको थियो ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.