2 years ago
April 5, 2023
एजेन्सी – कप्तान शिखर धवन र प्रभसिमरन सिंहको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को आठौं खेलमा राजस्थान रोयल्सलाई १ सय ९८ रनको बलियो लक्ष्य दिएको छ ।
गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका कप्तान शिखर धवन ५६ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८६ रनमा अविजित रहे ।
अर्का ओपनर प्रभसिमरन सिंह ३४ बलमा ७ चौका र ३ छक्कासहित ६० रनमा आउट भए । सिंहको आइपिएल करिअरको पहिलो अर्धशतक हो ।
पहिलो विकेटका लागि धवन र सिंहले ९.४ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सिंह जेसन होल्डरको बलमा विकेटकिपर जस बटलरबाट क्याच आउट भएका थिए । जितेश शर्मा १६ बलमा २ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।
स्पिनर युजभेन्द्र चहलको बलमा जितेश रियान परागबाट क्याच आउट भएका थिए । रविचन्द्रन आश्विनले सिकन्दर राजालाई एक रनमा बोल्ड आउट भए । आश्विनको क्यामरम बल राजाले चाल पाउन सकेनन् ।
शाहरुखा खान ११ रनमा आउट भए । साम करन एक रनमा अविजित रहे । राजस्थान रोयल्सका जेसन होल्डरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक एक विकेट लिए । दुबै टोली लगातार दोस्रो जितको सोचमा छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]