default_image

2 years ago

April 5, 2023

बलियो नेपाल कप : कर्णाली र पोखराको विजयी सुरुवात

272 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको बलियो नेपाल कपमा कर्णाली र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । पोखरा क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णाली क्रिकेट एकेडेमीले पल्सर एक्सिलेन्स सेन्टर (सिईसी) लाई १० रनले पराजित गर्यो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । कर्णालीका विराटसिंह भण्डारीले ५२ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । खेमराज खड्काले ४९ बलमा ६ चौकासहित ४९, मनिष थापा ९ र रोशन सिंह ७ रनमा आउट भए । सिइसीका दयानन्द मण्डलले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको सिइसी १९.५ ओभरमा १ सय २४ रनमा अल आउट भयो । सन्दीप विष्टले ४४ बलमा ३ चौकासहित सर्वाधिक ३७ रन बनाए । ओपनर प्रशान्त पण्डित १, रोशन साउद १६,संगम विष्ट १, विशाल रायमाझी ९ र कैलाश भट्टाई ८ रनमा आउट भए । विपिन न्यौपाने २० बलमा ३ चौकासहित २०, मनोज यादव ८ र करण घर्तीमगर ६ रनमा अविजित रहे ।

कर्णालीका लक्की बम र विराटले समान दुई विकेट लिए । त्यस्तै विराट क्षेत्री, विपिन प्रसाद शर्मा, आदित्य विक्रम शाह र दीप पौडेलले समान एक विकेट लिए । कर्णालीले बिहीबार लमही क्रिकेट एकेडेमीसँग खेल्नेछ । सिईसीले शुक्रबार लमहीसँग खेल्नेछ ।

अर्को खेलमा पोखराले जनकपुर क्रिकेट एकेडेमीलाई ६ विकेटले हरायो । जितको लागि १ सय २ रनको सामान्य विजय लक्ष्य पछ्याएको पोखराले १७ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पोखराका लागि युवा खेलाडी सिब्रिन श्रेष्ठले २१ बलमा २ चौका र २ छक्कासहित २७ रनमा अविजित रहे । सोहेल कुँवर २७ बलमा ३ चौका र १ छक्कासहित २७, विज्ञान पाण्डे १०, ईशान श्रेष्ठ ३, सफल श्रेष्ठ १९ र रोहित चन्दले ६ रन बनाए ।

जनकपुरको लागि अखिल श्रवणले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । राजेश कुमार दास र रोशन यादवले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा १ सय १ रनमा अल आउट भएको थियो । जनकपुरका लागि रोशन कुमार यादवले २४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए । साजन यादवले १२ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराका प्रदीप अर्यालले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । नितिश गिरी, सिब्रिन श्रेष्ठ र समिर भुषालले समान दुई विकेट लिए । नितिन छत्यालले एक विकेट लिए । पोखराले बिहीबार स्टार क्रिकेट एकेडेमीसँग खेल्नेछ । जनकपुरले शुक्रबार स्टारसँग खेल्नेछ ।

प्रतियोगितामा इलाम, कर्णाली, स्टार, जनकपुर, पोखरा क्रिकेट एकेडेमी, पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर छन् । लिग कम नकआउटको आधारमा टि–२० फर्मयाटमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन ।

इमर्जिङ प्लेयरले ५ हजार रुपैयाँ, उत्कृष्ट बलर र ब्याटरले समान ७ हजार तथा प्लेयर अफ दि सिरीजले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हरेक खेलमा म्यान अफ दि म्याचले २५ सय रुपैयाँ पाउनेछन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.