2 years ago
April 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको मुद्दामा बुधवार सुनुवाइ हुन सकेन । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीप मुद्दा हेर्न नभ्याएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
यसअघि चैत १३ गतेका अन्तिम सुनवाईका लागि पेसी तोकिएको थियो । त्यति बेला अन्तिम समयमा सन्दीपका वकिलले सुनुवाई सार्न निवेदन दिएका थिए । सन्दीपविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दा फैसलाका लागि जिल्ला अदालत काठमाडौंका न्यायधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको थियो । त्यति बेला न्यायधीश घिमिरेकै आदेश सन्दीपलाई थुनामा पठाएको छ । थुनामै पठाउने न्यायाधीशकोमा पेसी तोकिएपछि सन्दीपका वकिलले सुनुवाइ सार्न निवेदन दिएका थिए ।
गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । घिमिरेले गरेको आदेश उच्च अदालत पाटन र सर्वोच्च अदालतबाट बदर भएको थियो । उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ९९ दिन सन्दीप थुनामुक्त भएका थिए ।
त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको थियो । त्यसयता राष्ट्रिय टोलीले खेलेका १२ मध्ये सन्दीपले ११ खेल खेलेका थिए । उच्च अदालतले उनलाई विदेश जानबाट भने रोक लगाएको थियो ।
पछि सर्वोच्च अदालतले सन्दीपलाई थुना बाहिर राख्ने आदेश नै सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो । सन्दीप वैशाख ५ गते देखि नेपालमा सुरु हुने एसिसी प्रिमियर कपको तयारीका लागि हाल राष्ट्रिय टोलीको प्रशिक्षणमा छन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]