2 years ago
April 5, 2023
एजेन्सी – इंग्ल्यान्डका ओपनर जेसन रोयले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ कोलकाता नाइट राइडर्सबाट खेल्ने भएका छन् । बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले नाम फिर्ता लिएपछि र श्रेयस ऐर ब्याक इन्जुरीको कारण बाहिरिएपछि कोलकाताले रोयलाई टोलीमा किनेको हो ।
जेसन रोयले अक्सनमा १ करोड ५० लाख न्यूनतम भारु मूल्य राखेपनि कुनैपनि टोलीले किनेका थिएनन् । उनलाई कोलकाताले २ करोड ८० लाख भारुमा सम्झौता गरेको जनाएको छ। उनले आइपिएलमा १३ खेलमा २ अर्धशतकसहित कुल ३ सय २९ रन बनाएका छन् । रोयले पछिल्लो पटक २०२१ मा सनराइजर्स हैदराबादबाट पाँच खेल खेलेका थिए ।
२०२२ मा गुजरात जायन्ट्सले २ करोड भारुमा किनेपनि उनी चोटका कारण बाहिरिएका थिए । २०१७ मा रोयले गुजरात जायन्ट्सबाट कोलकाता नाइट राइडर्सविरुद्ध डेब्यू गरेका थिए । २०१८ को मेगा अक्सनमा दिल्लीले १ करोड ५० लाख भारुमा किनेको थियो । २०२० सम्म दिल्लीमा रहेपनि खेल्ने मौका खासै पाएका थिएनन् ।
रोय पछिल्लो समय राम्रो लयमा छन् । उनले अघिल्लो महिना पाकिस्तान सुपर लिगमा सानदार प्रदर्शन गरेका थिए । उनले पेशावार जाल्मीविरुद्ध क्वेटा ग्ल्याडियटर्सबाट ६३ बलमा २० चौका र ५ छक्कासहित १ सय ४५ रनको सानदार अविजित इनिङ खेलेका थिए । बंगलादेशविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय ३२ रनको शतकीय इनिङ खेलेका थिए ।
आक्रामक ओपनर रोयले ३ सय १३ टि२० खेलमा ६ शतक र ५३ अर्धशतकसहित कुल ८ हजार १ सय १० रन बनाएका छन् । रोयको आगमनले कोलकाताको ब्याटिङ केहि मजबुत बन्नेछ । श्रेयस ऐर ब्याक इन्जुरीको कारण पुरै सिजन गुमाउने छन् । कोलकाता पहिलो खेलमा पन्जाब किंग्ससँग डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले पराजित भएको थियो ।
कोलकाताले बिहीबार रोयल च्योलन्जर्स बेंगलोरसँग खेल्नेछ । रोय र रहमानउल्लाह गुरबाजले ओपनिङ गर्नेछन् । रोय कोलकाताका प्रमुख ब्याटर समेत हुनेछन् । मध्यक्रममा कप्तान नितिश राणाले जिम्मेवारी लिनुपर्ने हुन्छ ।
अनुकुल रोय, वेंकटेश ऐर र रिंकु सिंह मध्यक्रमका ब्याटर हुन् । आन्द्रे रसेल फिनिसर हुन् । कोलकातामा विदेशी खेलाडीको रुपमा लोकी फर्गुसन, गुरबाज, लिटन दास, जेसन रोय, डेविड विजा, सुनिल नारायण, टिम साउथी र आन्द्रे रसेल छन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]