2 years ago
April 5, 2023
एजेन्सी – अमेरिका तीव्र गतिका बलर अली खान ओडिआईमा ७ विकेट लिने पहिलो एसोसिएट तीव्र गतिका बलर बनेका छन् । अमेरिकालाई विश्वकप छनोटमा पुर्याउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीविरुद्ध ७ विकेट लिएपछि उनले उक्त इतिहास रचेका हुन् ।
जर्सीविरुद्ध अली खानले ९.४ ओभरमा ३२ रन खर्चेर ७ विकेट लिएका थिए । कुनैपनि एसोसिएट तीव्र गतिका बलरले लिएको पहिलो पटक ७ विकेट हो । यसअघि अफगानिस्तानका लेग स्पिनर राशिद खानले २०१७ मा वेस्टइन्डिजविरुद्ध ८.४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ७ विकेट लिएका थिए । त्यो समय अफगानिस्तान एसोसिएट टोली थियो ।
२०१८ देखि अफगानिस्तानले ओडिआई मान्यता पाएको थियो। सम्रगमा एसोसिएट बलरको रुपमा ७ विकेट लिने उनी दोस्रो खेलाडी हुन् । एसोसिएट बलरको रुपमा उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो सूचिमा नेपालका सन्दीप लामिछाने छन् । सन्दीपले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।
ओडिआई इतिहासमा १३ औं पटक मात्रै बलरले ७ विकेट लिएका छन् । ओडिआई इतिहासकै उत्कृष्ट प्रदर्शन श्रीलंकाका चामिन्डा भासले २००१ मा जिम्बावेविरुद्ध कोलोम्बोमा ८ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ८ विकेट लिएका थिए ।
उनी बाहेक अन्य कुनैपनि बलरले ओडिआईमा ८ विकेट लिन सकेका छैनन् । दोस्रो स्थानमा पाकिस्तानका शाहिद अफ्रिदी छन् । अफ्रिदीले २०१३ मा वेस्टइन्डिजविरुद्ध ९ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर ७ विकेट लिएका थिए । अष्ट्रेलिया पूर्व तीव्र गतिका बलर ग्लेन म्याकग्राथले २००३ मा नामिबियाविरुद्ध ७ ओभरमा ४ मेडनसहित १५ रन खर्चेर ७ विकेट लिएका थिए ।
राशिद खानपछि अष्ट्रेलियाका एन्डी बिचेलले २००३ मा नै इंग्ल्यान्डविरुद्ध १० ओभरमा २० रन खर्चेर ७ विकेट लिएका थिए । श्रीलंकाका स्पिनर मथैया मुरलीधरनले २००० मा भारतविरुद्ध १० ओभरमा ३० रन खर्चेर ७ विकेट लिएका थिए ।
मुरलीधरनपछि उत्कृष्ट प्रदर्शन गर्ने बलरको सूचिमा अली खान छन् । अली खानपछि न्युजिल्यान्डका टिम साउथी, ट्रेन्ट बोल्ट, पाकिस्तानका वाकर युनिस, अकिब जावेद, दक्षिण अफ्रिकाका इमरान ताहिर र वेस्टइन्डिजका विनस्टन डेविसले ओडिआईमा ७–७ विकेट लिएका छन् ।
उनी अमेरिका क्रिकेट इतिहासमा कुनैपनि खेलमा ७ विकेट लिने पहिलो खेलाडी हुन् । यसअघि अमेरिकाबाट २००० मा अमेरिका डिभिजन वानमा च्याम्पियनसिपमा नसिर इस्लामले बर्मुडाविरुद्ध ६ विकेट लिएका थिए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]