default_image

2 years ago

April 4, 2023

तेस्रो संस्करणको बलियो नेपाल कप पोखरामा हुने

405 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता पोखरामा हुने भएको छ । बलियो नेपाल पोषण अभियानको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको छ ।

आयोजकले मंगलबार पोखरामा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ६ टिमको सहभागीता रहेको जानकारी दिएको हो । इलाम, कर्णाली, स्टार, जनकपुर, पोखरा क्रिकेट एकेडेमी, पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरले सहभागीता रहेको बलियो नेपाल पोषण अभियानको वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलले जानकारी दिएका थिए ।

लिग कम नकआउटको आधारमा टि–२० फर्मयाटमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछन् । पहिलो खेल पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर र कर्णाली क्रिकेट एकेडेमीले प्रतिस्पर्धा छन् ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन । इमर्जिङ प्लेयरले ५ हजार रुपैयाँ, उत्कृष्ट बलर र ब्याटरले समान ७ हजार तथा प्लेयर अफ दि सिरीजले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हरेक खेलमा म्यान अफ दि म्याचले २५ सय रुपैयाँ पाउनेछन् ।

यो तेस्रो संस्करणको प्रतियोगिता हो । अघिल्लो वर्ष लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागितामा पहिलो संस्करण र दोस्रो संस्करण यही वर्षको असारमा काठामाडौंमा भएको थियो । दोस्रो संस्करणमा ५ प्रदेशका टिमले प्रतिस्पर्धा गरेका थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.