default_image

2 years ago

April 3, 2023

लखनऊविरुद्ध चेन्नईको विशाल योगफल

182 views

0 Bookmark

एजेन्सी – सानदार ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा लखनऊ सुपर जायन्ट्सलाई २ सय १८ रनको विशाल लक्ष्य दिएकोछ । घरेलु मैदान एमए चिदम्बरम रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनायो ।

चेन्नईका ओपनर ऋतुराज गायकवाडले ३१ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए । ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले पहिलो विकेटका लागि ९.१ ओभरमा १ सय १० रनको सानदार शतकीय सुरुवात दिलाएका थिए । पहिलो खेलमा गुजरात टाइटन्सविरुद्ध ५० बलमा ४ चौका र ९ छक्कासहित ९२ रन जोेडेका ऋतुराज दोस्रो खेलमा पनि त्यहिँ लयलाई निरन्तरता दिए ।

उनले पहिलो खेलमा २३ बल र दोस्रो खेलमा २५ बलमा अर्धशतक पूरा गरे । उनी स्पिनर रवि विश्रोईको बलमा मार्क वुडबाट क्याच आउट हुन पुगेका थिए । अर्का ओपनर डेभन कन्वे २९ बलमा ५ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । मार्क वुडको ११ औं ओभरको दोस्रो सट बलमा बलमा कन्वे क्रुनाल पान्ड्याबाट क्याच हुन पुगेका थिए । लामो दौडका साथ पान्ड्याले उत्कृष्ट क्याच लिएका थिए ।

शिवम दुबे १६ बलमा १ चौका र ३ छक्कासहित २७ रनमा आउट भए । दुबे बिश्रोईको बलमा टप एज लागेर क्याच आउट भए । त्यस अघिका तीन मध्य दुई बलमा दुबेले छक्का हानेका थिए । मोईन अली १३ बलमा ३ चौकासहित १९ रनमा विश्रोईको बलमा विकेटकिपर निकोलस पुरनबाट स्टम्पिङ आउट भए ।

बेन स्टोक्स ८ बलमा १ चौकासहित ८ रनमा आउट भए । अम्बाती रायुडू १४ बलमा २ चौका र २ छक्कासहित २७ रनमा अविजित रहे । महेन्द्रसिंह धोनी मार्क वुडलाई लगातार दुई छक्का हान्दै आउट भए । धोनी ३ बलमा २ छक्कासहित रवि विश्रोईबाट १२ रनमा क्याच आउट भए ।

लखनऊका रबि विश्रोईले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । पहिलो खेलमा मार्क वुडले दिल्लीविरुद्ध ४ ओभरमा १४ रन खर्चेर ५ विकेट लिएका थिए । चेन्नईविरुद्ध भने वुडले ४ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए । आवेश खानले एक विकेट लिए ।

लखनऊले पहिलो खेलमा दिल्लीलाई ५० रनले हराएको थियो । चेन्नई पहिलो खेलमा गुजरात जायन्ट्ससँग ५ विकेटले पराजित भएको थियो ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.