2 years ago
April 2, 2023
एजेन्सी – कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।
जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ४९ बलमा ६ चौका र ५ छक्कासहित ८२ रनमा अविजित रहे । फाफ डु प्लेसिस ४३ बलमा ५ चौका र ६ छक्कासहित ७३ रनमा आउट भए ।
पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले १४.५ ओभरमा १ सय ४८ रनको सानदार शतकीय साझेदारीका साथ जितको आधार तय गरेका थिए । डु प्लेसिस अर्शद खानको बलमा ठूलो सट खेल्ने धुनमा टिम डेविडबाट लङअनमा क्याच आउट भएका थिए ।
दीनेश कार्तिक डक आउट भए । ग्लेन म्याक्सवेल ३ बलमा २ छक्कासहित १२ रनमा अविजित रहे ।मुम्बईका क्यारन ग्रीन र अर्शद खानले एक एक विकेट लिए ।
त्यसअघि चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।
उक्त योगफल जितको लागि पर्याप्त हुने सकेन । मुम्बईका बायाँ हाते अलराउन्डर तिलक बर्मा ४६ बलमा ९ चौका र ४ छक्कासहित ८४ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । एक समय १०५-६ को दयनीय अवस्थामा पुगेको मुम्बईलाई तिलकले सानदार प्रदर्शनका साथ खेलमा आशा कायमै राखेका थिए ।
तिलक बाहेक अन्य कुनैपनि मुम्बईका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । मुम्बईको सुरुवात र प्रमुख ब्याटरकै प्रदर्शन निकै खराब रह्यो । तीव्र गतिका बलर मोहम्मद शिराजले तेस्रो ओभरको तेस्रो बलमा ओपनर ईशान किशनलाई १० रनमा क्याच गराए । कप्तान रोहित शर्मा १० बल खेल्दै एक रनमा आउट भए । रोहित आकाश दीपको बलमा आउट साइड एज लागेर विकेटकिपर दीनेश कार्तिकबाट क्याच आउट भएका थिए ।
क्यामरन ग्रीनलाई रिस टोप्लीले ५ रनमा बोल्ड गरे । माइकल ब्रेसवेलको बलमा सूर्यकुमार यादव १५ रनमा क्याच आउट भएपछि मुम्बई ८.५ ओभरमा ४८-४ को दयनीय अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि तिलक र डेब्यू खेल खेलेका नेहल वढेराले ३० बलमा ५० रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
स्पिनर कर्ण शर्माको १४ औं ओभरको पाँचौं बलमा लगातार तीन छक्का हान्ने धुनमा वढेरा लङअनमा विराट कोहलीबाट क्याच आउट भए । उनले १३ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए । टिम डेविड शर्माको बलमै ४ रनमा बोल्ड हुँदा मुम्बई १५.३ ओभरमा १०५-६ को दयनीय अवस्थामा पुगेको थियो ।
बेंगलोरका कर्ण शर्माले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज, रिस टोप्ली, आकाश दीप, हर्षल पटेल र माइकल ब्रेसवेलले एक एक विकेट लिए । बेंगलोरले बिहीबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । मुम्बईले शनिबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]