2 years ago
April 2, 2023
एजेन्सी – विश्वकप विजेता वेस्टइन्डिजले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपमा स्थान बनाउन छनोट खेल्नुपर्ने भएको छ । आइसिसी सुपर लिगमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई तेस्रो ओडिआई खेलमा १ सय ४६ रनले पराजित गरेपछि वेस्टइन्डिजले छनोट खेल्ने पक्का भएको हो ।
वेस्टइन्डिज सुपर लिगमा २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ नवौं स्थानमा झरेको छ । दक्षिण अफ्रिका २१ खेलमा ९ मा जित र १० मा हारसहित ९८ अंकका साथ आठौं स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिका विश्वकपमा पुग्न अव अनौपचारिकता बाँकी छ ।
यदि आयरल्यान्डले अर्को महिना बंगलादेशसँग घरेलु मैदानमा तीन ओडिआई खेलको सिरिज मध्य एक खेल हारेमा दक्षिण अफ्रिका सोझै विश्वकपमा पुग्नेछ । आयरल्यान्ड बाँकी तीन खेलमा विजयी भएमा समान ९८ अंक हुनेछ । हेड टु हेड सुपर लिगमा यी दुई टोलीबीच १-१ छ । यदि आयरल्यान्डले सबै खेल जितेमा नेटरनरेटमा माथि रहने टोलीले सोझै विश्वकप खेल्न पाउनेछ । आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंक्का साथ ११ औं स्थानमा छ ।
श्रीलंका सुपर लिग मा २४ खेलमा ७ मा जित र १३ मा हारसहित ८१ अंकका साथ दशौं स्थानमा रहेर छनोट खेल्ने पक्का भई सकेको छ । सुपर लिगको नियम अनुसार आयोजक भारतसहित शीर्ष आठ टोलीले मात्रै विश्वकपमा सोझै स्थान बनाउछन् । भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र इंग्ल्यान्ड गरि ७ टोली सोझै विश्वकपमा पुगि सकेका छन् ।
अव आयरल्यान्ड र दक्षिण अफ्रिका मध्य एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागीता रहनेछ । सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली र क्वालिफायर प्लेअफका शीर्ष दुई गरि कुल १० टोली हुनेछन् ।
सुपर लिगबाट श्रीलंका, जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्ड्सले छनोट खेल्ने पक्का भएको छ । अव दक्षिण अफ्रिका र आयरल्यान्ड मध्य एकले छनोट खेल्नेछन् ।
लिग २ मा नेपाल, स्कटल्यान्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाई सकेका छन् । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली अमेरिका, नामिबिया, युएई, पपुवा न्युगिनीसँगै च्यालेन्ज लिग ए र बी का विजेता क्यानडा र जर्सीबीच प्रतिस्पर्धा जारी छ । जसबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट शीर्ष तीन तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा एकअर्कासँग सबै टोलीले खेलेपछि शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् । वेस्टइन्डिज सन् १९७५ र १९७९ एकदिवसीय विश्वकपको च्याम्पियन टोली हो । टि२० विश्वकप २०१२ र २०१६ मा जितेको थियो ।
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]