default_image

2 years ago

April 2, 2023

पपुवा न्युगिनीमाथि सानदार जितसँगै अमेरिका विश्वकप छनोट नजिक

264 views

0 Bookmark

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेलमा पपुवा न्युगिनीलाई १ सय १७ रनले हराउँदै विश्वकप छनोट नजिक पुगेको छ । तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिदै विश्वकप छनोटदेखि एक जित टाढा छ।

जितको लागि २ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ३४.५ ओभरमा १ सय १८ रनमा अल आउट भयो । पपुवा न्युगिनीका कप्तान असद भालाले ७२ बलमा ३ चौकासहित सर्वाधिक ४२ रन बनाए । ओपनर टोनी उरा १५, चाल्स अमिनी १४ र राइली हेकुरेले ११ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिकाका गजानन्द सिंहले ६.५ ओभरमा १ मेडनसहित १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अली खानले ६ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । निसर्ग पटेलले ८ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि विन्डहोकमा टस जितेर पहिला ब्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । अमेरिका ओपनर स्टिभ टेलरले १ सय ३३ बलमा ६ चौका र १ छक्कासहित ८१ रनको संयमित इनिङ खेले ।

आरोन जोन्स ७७ बलमा २ चौका र ३ छक्कासहित ६५, जेसी सिंह २२, सुशान्त मोदानी १० र गजानन्द सिंह १७ रनमा आउट भए । पपुवा न्युगिनीका सेमो कमियाले १० ओभरमा २ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । असद भालाले दुई र राइली हकुरेलले एक विकेट लिए ।

अमेरिका ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिकाले अन्तिम खेल मंगलबार जर्सीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा अमेरिका आगमी जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्नेछ । यदि पराजित भएमा भने अन्य टोलीको नतिजा र नेटरनरेटमा निर्भर रहनुपर्ने हुन्छ ।

नामिबिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । युएई समान खेल र नतिजाका साथ ४ अंक भएपनि नेटरनरेटको कारण चौथो स्थानमा छ । जर्सी ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी ४ खेलमा जित विहीन हुँदै विश्वकप छनोट यात्राबाट बाहिरिएको छ ।

प्रतियोगितामा नामिबिया, अमेरिका, जर्सी, क्यानडा, पपुवा न्युगिनी र युएई छन् । शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटमा लिग २ मा शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्डसँगै सुपर लिगका पुछारका पाँच र प्लेअफका शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

१० टोलीलाई दुई समूहमा विभाजन गरिनेछन । सुपर सिक्स हुँदै शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

त्यस्तै यस प्लेअफ प्रतियोगिताबाट जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनी मध्य दुई टोलीले ओडिआई मान्यता पाउनेछन् । यी चार टोलीबीचको प्रतिस्पर्धाबाट शीर्ष दुई स्थानमा रहने टोलीले ओडिआई मान्यता पाउनेन् ।

ओडिआई मान्यताको लागि यी चार टोलीको एक अर्काको जित र हार मात्रै हेरिनेछ । अर्थात नामिबिया र अमेरिकासँगको हारले ओडिआई मान्यता प्राप्त गर्न ती चार टोलीलाई कुनै असर गर्नेछैन । नामिबिया र अमेरिकाले लिग २ बाट नै ओडिआई मान्यता पाएका थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.