2 years ago
April 2, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पाँचौं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा हुनेछ ।
बेंगलोर र मुम्बई दुबै विजयी सुरुवात गर्न चाहन्छन् । दुबै टोलीमा विश्वस्तरिय बलर र ब्याटर छन् । त्यसैले यी दुई टोलीबीच कडा प्रतिस्पर्धाको सम्भावना देखिन्छ । बेंगलोरमा विराट कोहली, फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल जस्ता विश्व चर्चित ब्याटर छन् ।
उता मुम्बईमा रोहित शर्मा, सूर्यकुमार यादव, ईशान किशन र क्यामरन ग्रीन जस्ता टि२० विशेष खेलाडी छन् । उता बेंगलोरमा हर्षल पटेल, रिस टोप्ली र मोहम्मद शिराज जस्ता तीव्र गतिका बलर छन् । मुम्बईका जोफ्रा आर्चर, अर्जुन तेन्दुलकर र जेसन बेहरनडोर्फ छन् ।
मुम्बईको ब्याटिङ लाइनअप उत्कृष्ट छ । ओपनरमा रोहित शर्मा र ईशान किशन हुनेछन् । तेस्रो नम्बरमा क्यामरन ग्रीन खेल्ने सम्भावना छ । यी तीनै ब्याटर आक्रामक ब्याटिङका लागि चिनिन्छन् । ग्रीनलाई मुम्बईले अक्सनमा १७ करोड ५० लाख भारु खर्चिएको थियो । ग्रीन विष्फोटक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।
चौथो नम्बरमा सूर्यकुमार यादव खेल्ने सम्भावना छ । सूर्य मुम्बईका प्रमुख ब्याटर हुन् । वर्तमान समयका एक उत्कृष्ट टि२० ब्याटर सूर्यको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । तिलक बर्मा पाँचौं र टिम डेविड छैटौं नम्बरमा खेल्न सक्छन् । डेविडबाट उत्कृष्ट अन्त्य चाहन्छ । काइरन पोलार्डले सन्न्यास लिई सकेपछि डेविडबाट उनको भूमिका चाहन्छ ।
जोफ्रा आर्चरले मुम्बईको टोलीबाट डेब्यू गर्दैछन् । आर्चर तीव्र गति र बाउन्सरका लागि चिनिन्छन् । आर्चरको बलको सामना गर्न सहज हुनेछैन । आर्चर तल्लोक्रममा राम्रो ब्याटिङ पनि गर्दछन् ।
जस्प्रित बुमराह चोटका कारण आइपिएल गुमाई सकेका छन् । मुम्बईलाई ठूलो घाटा लाग्नेछ । सन्दीप वारियर र अर्जुन तेन्दुलकर मध्य एकले आजको खेलमा मौका पाउनेछन् । जेसन बेहरनडोफले जोफ्रा आर्चरलाई साथ दिनेछन् ।
उता बेंगलोरको ओपनिङ विराट कोहली र फिन एलेनले गर्ने सम्भावना छ । कोहली प्रमुख ब्याटर हुन् । उनीबाट ठूलो इनिङ चाहन्छ । फिन एलेनबाट उत्कृष्ट आक्रामक सुरुवात चाहन्छ । तेस्रो नम्बरमा कप्तान फाफ डुप्लेसिस हुनेछन् । ग्लेन म्याक्सवेल चौथो नम्बरमा खेल्ने सम्भावना छ । म्याक्सवेलको प्रदर्शन मध्यक्रममा बंगलोरलाई निकै महत्वपूर्ण हुनेछ ।
उता माइकल ब्रेसवेलले डेब्यू गर्ने सम्भावना छ । ब्रेसवेलले राम्रो ब्याटिङ गर्दछन् । अभ्यास खेलमा पनि उनले सानदार शतक हानेका थिए । उनी स्पिन पनि गर्दछन् । ब्रेसवेलले पाँचौं नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । दीनेश कार्तिक छैटौं नम्बरमा ब्याटिङ गर्नेछन् । दीनेश कार्तिकबाट बेंगलोर उत्कृष्ट अन्त्य चाहन्छ ।
हर्षल पटेल र शहबाज अहमदले तल्लोक्रम सम्हाल्नेछन् । तीन तीव्र गतिका बलरमा मोहम्मद शिराज, रिस टोप्ली र हर्षल पटेलको सम्भावना छ । इम्प्याक्ट प्लेयरमा फिन एलेनको स्थानमा एक बलर खेलाउन सक्छ । न्युजिल्यान्डसँगको सिरिजको कारण सुरुवाती केहि खेलमा वानिन्दु हसरंगा बेंगलोरको सिरिजमा हुनेछैनन् ।
हेड टु हेड :
आइपिएलमा बेंगलोर र मुम्बईबीच कुल ३० खेल भएका छन् । जसमा मुम्बई १७ र बेंगलोर १३ खेलमा विजयी भएका छन् । पछिल्ला तीन खेलमा मुम्बईले बेंगलोरलाई हराउन सकेको छैन ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]