2 years ago
April 2, 2023
एजेन्सी – आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेलमा आज नामिबिया र युएईबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा युनाइटेड क्रिकेट क्लब विन्डहोकमा सुरुहुनेछ ।
शीर्ष दुईमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउन आज दुबै टोलीलाई जित्नै पर्ने दबाब छ । आजको विजेता टोलीको विश्वकप छनोट खेल्ने सम्भावना उच्च हुनेछ । पराजित हुने टोलीले अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
नामिबिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । नामिबिया पहिलो खेलमा अमेरिकासँग ८० रनले पराजित हुँदा दोस्रो खेलमा पपुवा न्युगिनीलाई ४८ रन र जर्सीलाई ८ विकेटले हराएको थियो ।
युएई पनि अमेरिकासँग नै पराजित भएको थियो । अमेरिकासँग ५ विकेटले पराजित हुँदा पपुवा न्युगिनीलाई २१ र क्यानडालई ६ विकेटले हराएको थियो । जर्सी, क्यानडा, अमेरिका, पपुवा न्युगिनी, युएई र नामिबिया सहभागी प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् ।
पपुवा न्युगिनी सुरुवाती तीन खेलमा हारका साथ उक्त दौडबाट बाहिरि सकेको छ । त्यस्तै युएई, जर्सी, क्यानडा र पपुवा न्युगिनी मध्य शीर्ष दुई टोलीले ओडिआई मान्यता पाउनेछन् । ओडिआई मान्यताको लागि यी चार टोलीको प्रदर्शन मात्रै हेरिनेछ ।
अमेरिका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । क्यानडा ३ खेलमा २ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । अमेरिका क्यानडासँग २६ रनल पराजित भएको थियो । अमेरिकाले नामिबिया र युएईलाई हराएको थियो ।
अमेरिका आज पपुवा न्युगिनी र मंगलबार जर्सीसँग खेल्नेछ । बाँकी दुबै खेलमा विजयी भएमा अमेरिका विश्वकप छनोटमा पुग्नेछ । एक खेलमा पराजित भएमा भने अन्य टोलीको नेटरनरेट र नतिजामा निर्भर रहनेछ । नामिबिया र युएईबीचको खेलमा पराजित हुने टोली विश्वकप छनोट खेल्न कम्तिमा अमेरिकाले एक खेल हार्नुपर्ने हुन्छ । त्यसैले नामिबिया र युएई दुबैको लागि आजको खेल निकै महत्वपूर्ण छ ।
विश्वकप छनोमा नामिबिया र युएई दुबै टोलीले राम्रो प्रदर्शन गरेका छन् । पपुवा न्युगिनीविरुद्ध ३ सय ८१ रन बनाउन नामिबियाका कप्तान जेरार्ड इरास्मसले १ सय २५, निकोलस डेविन ९० र जान निकोल लोफ्टीले ६० रन बनाएका थिए ।
जर्सीलाई हराउन माइक भान लिंगेनले १ सय १० र इरास्मसले ८८ रनमा अविजित रहेका थिए । इरास्मस र लिंगेनको विकेट निकै महत्वपूर्ण हुनेछ । रुबेन ट्रम्पलम्यान प्रमुख बलर हुन् ।
यता युएईका कप्तान मोहम्मद वासिम र आसिफ खान राम्रो लयमा छन् । क्यानडालाई हराउन मध्यक्रमका ब्याटर रमिज शाहजादले ५४ रन जोडेका थिए । उनले मध्यक्रममा राम्रो आशा देखाएका छन् । युएईको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोरीको रुपमा छ । आसिफ खान मध्यक्रममा खेल्न थालेपछि सुधारिएको छ ।
वृत्य अरविन्द र रोहन मुस्तफाबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । आयन खान अफ्जल प्रमुख अराउन्डर हुन् । जुनैद सिद्दिक र जहुर खान प्रमुख बलर हुन् ।
त्यस्तै अर्को खेलमा अमेरिका र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका आजको खेलमा विजयी भएमा शीर्ष दुईमा स्थान मजबुत बन्नेछ । युएईलाई हराउन १ सय २० रनको सानदार शतकीय इनिङ खेलेका साइतेजा मुक्कामल्ला पुन घातक बन्न सक्छन् ।
पपुवा न्युगिनीले तीनै खेलमा सानदार ब्याटिङ गरेपनि फिनिसिङ गर्न सकेको छैन । नामिबियाविरुद्ध ३ सय ८२ रनको लक्ष्य पछ्याउनेक्रममा ३ सय ३३ रन बनाएको थियो । जर्सीविरुद्ध २ सय ९२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८० रन बनाएको थियो ।
कप्तान असद भाला, चाल्स अमिनी, किप्लिङ डोरिगा र टोनी उरा उच्च लयमा छन् । अमेरिकालाई निराश बनाउन सक्छन् । पपुवा न्युगिनीका बलर र तल्लोक्रमका ब्याटरले भने राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]