default_image

2 years ago

April 2, 2023

केन विलियम्सनले आइपिएल गुमाउने

265 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्ड तथा गुजरात टाइटन्सका प्रमुख ब्याटर केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । पहिलो खेलमै चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा घाइते भएपछि विलियम्सन आइपिएल २०२३ बाट बाहिरिएका छन् ।

शुक्रबार राती चेन्नईविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा विलियम्सनको बायाँ खुट्टाको घुँडामा चोट लागेको थियो ।

तीव्र गतिका बलर जोशुवा लिटिलको १३ औं ओभरको तेस्रो बलमा डिप स्क्वायर लेगमा ऋतुराज गायकवाडले हानेको सट छक्का बचाउन खोज्दा उनी घाइते भएका थिए । विलियम्सनले उत्कृष्ट फिल्डिङ गर्दै छक्काबाट हुन बचाउँदै टोलीको दुई महत्वपूर्ण रन रोकेका थिए ।

तर ल्यान्डिङ गर्नेक्रममा दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो । त्यसैले त्यसपछि उनले मैदान छाडेका थिए । त्यो समय निकै पीडादायीका साथ मैदान छाडेका थिए । उनलाई गुजरातका खेलाडी र म्यानेजमेन्ट टोलीले बोकेर लगेका थिए । उनी ब्याटिङमा पनि आएनन् । उनको स्थानमा गुजरातले इम्प्याक्ट प्लेयरको रुपमा साइ सुदर्शनलाई खेलाएको थियो । गुजरातले विलियम्सनले आइपिएल २०२३ पुरै खेल गुमाउने औपचारिक रुपमा जनाएको छ ।

विलियम्सन हैदराबादपछि पहिलो पटक गुजरातबाट आइपिएल खेलेका थिए । विलियम्सनले २०१५ देखि २०२२ सम्म हैदराबादबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । २०१८ देखि २०२२ सम्म कप्तानी पनि गरेका थिए । उनलाई हैदराबादले फुकुवा गरेपछि अक्सनमा गुजरातले न्यूनतम २ करोड भारुमा अक्सनमा किनेको थियो ।

विलियम्सनले २०१८ को आइपिएलमा हैदराबादबाट ७ सय ३५ रनका साथ ओरेन्ज क्याप जितेका थिए । विश्व क्रिकेटकै एक सफल कप्तान विलियम्सनले ७७ आइपिएल खेलमा १८ अर्धशतकसहित कुल २ हजार १ सय १ रन बनाएका छन् ।

योसँगै विलियम्सनले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न सक्ने वा नसक्ने चिन्ता बढेको छ । उनी खेल्न नसके न्युजिल्यान्डलाई ठूलो धक्का लाग्नेछ ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.