default_image

2 years ago

April 2, 2023

श्रीलंका सुपर ओभरमा विजयी

237 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले पहिलो टि२० आई खेलमा घरेलु टोली न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गरेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ ।

सुपर ओभरमा जितको लागि ९ रन बनाउनु पर्ने श्रीलंकाले तेस्रो बलमा पूरा गर्यो । पहिलो बल एडम मिल्नेले कुशल मेन्डिसलाई एक रन दिए । दोस्रो बलमा चरिथ असलंकाले छक्का र तेस्रो बलमा चौका प्रहार गर्दै खेल सकाए ।

सुपर ओभरमा न्युजिल्यान्डले २ विकेट गुमाउँदै ८ रन बनाएको थियो । सुपर ओभर श्रीलंकाका स्पिनर महेश थिक्सेनाले गरेका थिए । पहिलो बल डर्याल मिचेललाई डट राख्दा दोस्रो बल वाइड फ्याँले । दोस्रो बलमा जेम्श निसम आउट भए । तेस्रो बल डट हुँदा चौथो बलमा मार्क च्यापम्यानले दुई र पाँचौं बलमा चौका हानेका थिए ।

तर अन्तिम बलमा च्यापम्यान पनि आउट भएपछि खेल जित्न श्रीलंकाले ९ रन बनाउनु पर्ने थियो । न्युजिल्यान्डलाई अन्तिम बलमा जितको लागि ७ रन चाहिँदा ईश सोधीले कप्तान दासुन शनकालाई छक्का हानेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

जितको लागि १ सय ९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएपछि खेल टाई भएको थियो । न्युजिल्यान्डका डर्याल मिचेलले ४४ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए ।

मार्क च्यापम्यानले २३ बलमा २ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । च्यापम्यान र मिचेलले चौथो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । वासिन्दु हसरंगाले १५ औं ओभरको पहिला बलमा च्यापम्यानलाई धनन्जय डि सिल्भाबाट क्याच गराएपछि न्युजिल्यान्डको जित कठिन देखिएको थियो ।

त्यसको अर्को ओभरमा मिचेल कप्तान दासुन शनकाको बलमा आउट भए । कप्तान टम लाथम १६ बलमा ५ चौकासहित २७ तथा जेम्स निशम १० बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए ।

न्युजिल्यान्डलाई अन्तिम १८ बलमा ४१ रन जितको लागि चाहिँएको थियो । १८ औं ओभरको अन्तिम बलमा रचिन रविन्द्रले चामिका करुणा रत्नेलाई दुई छक्का र एक चौका हानेपछि खेल रोमान्चक बनेको थियो । रचिन रविन्द्रले १३ बलमा २ चौका र २ छक्कासहित २६ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । महेश थिक्सेनाले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । प्रमोदले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । दासुन शनकाले २ ओभरमा रन खर्चेर २ विकेट लिए ।

त्यसअघि इडेन पार्क अकल्यान्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १सय ९६ रन बनाएको थियो । श्रीलंकाका मध्यकमका ब्याटर चरिच असलंकाले ४१ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६७ रनको उत्कृष्ट इनिङ खेले ।

२०२१ पछि पहिलो पटक टोलीमा फर्किएका अनुभवी ब्याटर कुशल पेरेरा ४५ बलमा ४ चौका र १ छक्कासहित ५३ रनमा अविजित रहे । ओपनर पाथुम निसंका रोयल डक आउट भएका थिए । कुशल मेन्डिस ९ बलमा ३ चौका र २ छक्कासहित २५ रनको आक्रामक सुरुवात दिलाउँदै आउट भए ।

वानिन्दु हसरंगा ११ बलमा २ छक्कासहित २१ रनमा अविजित हुँदा धनन्जय डि सिल्भा १५ रनमा आउट भए । न्युजिल्यान्डका जेम्स निसमले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । एडम मिल्ने, बेन्जामिन लिस्टर र हेनरी शिफ्लेले एक एक विकेट लिए । दोस्रो खेल बुधबार र तेस्रो खेल शनिबार हुनेछ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.