2 years ago
April 1, 2023
एजेन्सी – ओपनर काइल मेयर्सको उत्कृष्ट ब्याटिङमा लखनऊ सुपर जाउन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई १ सय ९४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनायो ।
लखनऊका ओपनर काइल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्कासहित ७३ रनको उत्कृष्ट इनिङ खेले । मेयर्स स्पिनर अक्षर पटेलको १२ औं ओभरको तेस्रो बलमा टर्न हुँदा बोल्ड भएका थिए । टर्न बल मेयर्सले चाल पाउन सकेनन् । त्यसअघि मेयर्सले ब्यक्तिगत १६ रनमा जीवनदान पाएका थिए ।
चेतनको छैटौं ओभरको तेस्रो बलमा खलिल अहमदले सहज क्याच छाड्दै जीवनदान दिएका थिए । ओपनर तथा कप्तान लोकेश राहुल १२ बलमा १ छक्कासहित ८ रनमा क्याच आउट भए । मध्यक्रमका ब्याटर निकोलस पुरन २१ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा क्याच आउट भए । पुरन खलिल अहमदको बलमा पृथ्वी शाबाट क्याच आउट भए ।
दीपक हुँडा १७, क्रुनाल पान्ड्या १४ र मार्कस स्टोइनिस १२ रनमा आउट भए । युवा ब्याटर आयुष बदोनी ७ बलमा १ चौका र २ छक्कासहित १८ रनमा आउट भए । इम्प्याक्ट प्लेयरको रुपमा अन्तिम बलमा मैदान आएका कृष्णप्पा गौतमले छक्का प्रहार गदै इनिङ सकाए ।
दिल्लीका खलिल अहमदले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । चेतन सकारियाले ४ ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा ३५ र अक्षर पटेलले ४ ओभरमा ३८ रन खर्चेर समान १-१ विकेट लिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]