2 years ago
April 1, 2023
एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा १४६–७ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल डिएलएस मेथर्डमा निकालिएको थियो । कोलकाताका आन्द्रे रसेलले १९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । तर त्यो जितको लागि पर्याप्त हुन सकेन ।
साम करनको १५ औं ओभरको पाँचौं बलमा रसेल डिप मिडविकेटमा सिकन्दर राजाबाट क्याच आउट भएपछि जितको सम्भावना टाढिएको थियो । कोलकाताको सुरुवात भने खराब रह्यो । ओपनर मन्दीप सिंह दुइ रनमै क्याच आउट भए ।
नाथन एलिसले रहमानउल्लाह गुरबाजलाई २२ रनमा बोल्ड गरे ।
डेब्यू खेल खेलेका गुरबाजले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । अर्शदीपले अनुकुल रोयलाई ४ राजाबाट क्याच गराएपछि खराब सुरुवात गरेको थियो । डेब्यू खेल खेलेका राजाले कप्तान नितिश राणालाई दशौं ओभरको दोस्रो बलमा क्याच आउट गराए ।
राणाले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । वेंकटेश ऐरले २८ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा क्याच आउट भए । उनी अर्शदीपको १६ औं ओभरको तेस्रो बलमा प्वाइन्टमा क्याच आउट भएका थिए ।
पन्जाबका अर्शदीप सिंहले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । साम करन, नाथन एलिस, सिकन्दर राजा र राहुल चाहरले एक एक विकेट लिए ।
त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । पन्जाबको जितमा भानुका राजपक्षेले ३२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । कप्तान शिखर धवन २९ बलमा ६ चौकासहित ४० रनमा आउट भए ।
दोस्रो विकेटका लागि राजपक्षे र धवनले ८६ रनको साझेदारी गरेका थिए । ओपनर प्रभसिमरन सिंह १२ बलमा २ चौका र २ छक्कासहित २३ रनमा आउट भएका थिए ।
जतिश शर्मा ११ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए । डेब्यु खेल खेलेका सिकन्दर राजा १६ रनमा आउट भए । साम करन १७ बलमा २ छक्कासहित २६ तथा शाहरुख खान ७ बलमा २ चौकासहित ११ रनमा अविजित रहे ।
कोलकातका टिम साउथीले ४ ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । उमेश यादव, सुनिल नारायण र बरुण चक्रवर्तीले समान एक विकेट लिए । पन्जाबले दोस्रो खेलमा बुधबार राजस्थानसँग खेल्नेछ ।
कोलकाताले बिहीबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । दिल्लीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]