default_image

2 years ago

April 1, 2023

केन विलियम्सन घाइते

241 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्ड तथा गुजरात टाइटन्सका प्रमुख ब्याटर केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध घाइते भएका छन् । शुक्रबार राती चेन्नईविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा विलियम्सनको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ।

तीव्र गतिका बलर जोशुवा लिटिलको १३ औं ओभरको तेस्रो बलमा डिप स्क्वायर लेगमा ऋतुराज गायकवाडले हानेको सट छक्का बचाउन खोज्दा उनी घाइते भएका थिए । विलियम्सनले उत्कृष्ट फिल्डिङ गर्दै छक्काबाट हुन बचाउँदै टोलीको दुई महत्वपूर्ण रन रोकेका थिए ।

तर ल्यान्डिङ गर्नेक्रममा दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो । त्यसैले त्यसपछि उनले मैदान छाडेका थिए । त्यो समय निकै पीडादायीका साथ मैदान छाडेका थिए । उनलाई गुजरातका खेलाडी र म्यानेजमेन्ट टोलीले बोकेर लगेका थिए । उनी ब्याटिङमा पनि आएनन् । उनको स्थानमा गुजरातले इम्प्याक्ट प्लेयरको रुपमा साइ सुदर्शनलाई खेलाएको थियो ।

विलियम्सन हैदराबादपछि पहिलो पटक गुजरातबाट आइपिएल खेलेका हुन् । विलियम्सनले २०१५ देखि २०२२ सम्म हैदराबादबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । २०१८ देखि २०२२ सम्म कप्तानी पनि गरेका थिए । उनलाई हैदराबादले फुकुवा गरेपछि अक्सनमा गुजरातले न्यूनतम २ करोड भारुमा अक्सनमा किनेको थियो ।

विलियम्सनको बाँकी खेल गुमाउँछन् वा गुमाउँदैनन् त्यो भने गुजरातले जानकारी दिएको छैन । विलियम्सनले २०१८ को आइपिएलमा हैदराबादबाट ७ सय ३५ रनका साथ ओरेन्ज क्याप जितेका थिए । विश्व क्रिकेटकै एक सफल कप्तान विलियम्सनले ७७ आइपिएल खेलमा १८ अर्धशतकसहित कुल २ हजार १ सय १ रन बनाएका छन् ।

साविक विजेता गुजरातले चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरातले अव ४ अप्रिलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

March 14, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

Success

Thank you for your time.