default_image

2 years ago

March 31, 2023

लिटिल बने आइपिएल खेल्ने पहिलो आयरल्यान्डका खेलाडी

152 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जोशुवा लिटिल इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो आयरल्यान्डका खेलाडी बनेका छन् । आइपिएलको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै लिटिललाई डेब्यू दिएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा लिटिलले आइपिएलमा खेल्दैछन् । उनी आयरल्यान्डबाट आइपिएल खेल्ने पहिलो खेलाडी बनेका छन् । २३ वर्षीय बायाँ हाते बलर जोशुवा लिटिललाई साविक च्याम्पियन गुजरात टाइटन्सले गत डिसेम्बरमा अक्सनमा ४ करोड ४० लाख भारुमा किनेको छ ।

आइपिएल इतिहासमा उनी आयरल्यान्डबाट पहिलो पटक अक्सनमा बिक्ने खेलाडी समेत बनेका थिए । टि२० विश्वकपमा गत नोभेम्बरमा लिटिलले न्युजिल्यान्डविरुद्ध ह्याट्रिक लिँदै सानदार प्रदर्शन गरेका थिए । उक्त विश्वकपमा लिटिलले सानदार प्रदर्शन गर्दै ११ विकेट लिएका थिए । लिटिल नयाँ बल र डेथ ओभर दुबैमा सानदार प्रदर्शनका लागि चिनिन्छन् ।

लिटिलले अक्सनमा ५० लाख भारु न्यूनतम मूल्य तोकेका थिए । तर लखनउ र गुजरातबीच प्रतिस्पर्धा भएपछि करोडमा बिकेका हुन् । लिटिलले ५३ टि२० आई खेलमा ६२ विकेट लिएका छन् ।

उनको टि२० आईमा इकोनमी ७.६५ हुँदा उत्कृष्ट प्रदर्शन ४–२३ छ । उनले २५ ओडिआई खेलमा ३८ विकेट लिएका छन् । लिटिलको बलिङमा भेरै भेरियसन हुँदा गुजरातले उनलाई किनेको हो । गतवर्ष लिटिल चेन्नई सुपर किंग्सको नेटबलरको रुपमा रहेका थिए ।

गुजरातको प्लेइङ ११ :

ऋद्धिमान शाह, शुभमन गिल, केन विलियसम्न, हार्दिक पान्ड्या, विजय शंकर, राहुल टेवाटिया, राशिद खान, मोहम्मद शामी, जोशुवा लिटिल, यश दयाल र अल्जारी जोशेफ ।

चेन्नईको प्लेइङ ११ :

डेभन कन्वे, ऋतुराज गायकवाड, मोईन अली, बेन स्टोक्स, रविन्द्र जडेजा, शिवम दुबे, अम्बाती रायुडू, महेन्द्रसिंह धोनी, मिचेल सान्टनार, दीपक चाहर र राजवर्धन हांगरगेकर

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.