2 years ago
March 31, 2023
एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले तीव्र गतिका बलर जस्प्रित बुमराहको स्थानमा सन्दीप वारियरलाई मौका दिएकोछ । बुमराह ब्याक इन्जुरीको कारण लामो समय देखि भारतीय टोलीमै छैनन् । उनले आइपिएल पनि गुमाउनेछन् ।
मुम्बईले ३१ वर्षीय सन्दीप वारियरलाई बुमराहको स्थानमा टोलीमा भित्र्याएको छ । सन्दीपले ५० लाख भारु (८० लाख रुपैयाँ) पाउने छन् । आइपिएलमा कुनै खेलाडी घाइते भएमा उनको स्थानमा अन्य लिन परेमा अक्सनमा न्यूनतम राखेको मूल्य पाउँछन् । त्यसै अनुसार सन्दीपले ५० लाख भारु पाउनेछन् ।
सन्दीपले आइपिएलमा ५ खेल खेलेका छन् । उनले २०१९ मा कोलकताबाट मुम्बईविरुद्ध डेब्यू गरेका थिए । सन्दीपले २०१९ मा तीन खेल २०२० र २०२१ मा एक एक खेल खेलेका थिए । भारतले २०२१ मा कोरोना महामारीको कारण दोस्रो रोजाईको टोली बनाउँदा उनले श्रीलंकाविरुद्ध टि२० आईमा डेब्यू गर्ने मौका पाएका थिए । बुमराह नहुँदा मुम्बईलाई तीव्र गतिको बलिङ आक्रामणमा भने ठूलो असर पर्ने देखिन्छ ।
मुम्बईसँग तीव्र गतिको बलरमा जोफ्रा आर्चर, अर्जुन तेन्दुलकर, जेसन बेहरनडोफ र डुवान यानसन लगायतका खेलाडी छन् । झेय रिचर्ड्सनले पनि पुरै खेल गुमाउने छन् । मुम्बईको ब्याटिङ लाइनअप भने उत्कृष्ट छ । रोहित शर्मा, ईशान किशन, क्यामरन ग्रिन, सूर्यकुमार यादव, टिम डेविड, ट्रिस्टन स्टब्स, डेवाल्ड ब्रेभिस लगायतका खेलाडी छन् ।
मुम्बईले आइतबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्दै सुरुवात गर्नेछ । गत वर्ष भने मुम्बईले आफ्नो इतिहासकै खराब प्रदर्शन गर्दै पुछारमा रहेर बाहिरिएको थियो । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो ।
मुम्बईको पूर्ण टोली
क्यामरन ग्रीन, रोहित शर्मा(कप्तान), ईशान किशन (विकेटकिपर) जस्प्रित बुमराह, सन्दीप वारियर, टिम डेविड, सूर्यकुमार यादव, जोफ्रा आर्चर, डेवाल्ड ब्रेभिस, तिलक बर्मा, झेय रिचर्डसन, जेसन बेहरनर्डोफ, पियुष चवला, अर्जुन तेन्दुलकर, रमनदीप सिंह, साम्स मुलानी, नेहाल अधेरा, कुमार कार्किकेय, ऋतिक शौकीन, आकाश मधवाल, अर्शद खान, राधव गोयल, दुवान यानसन, ट्रिस्टन स्टब्स(विकेटकिपर) र विष्णु विनोद ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]