default_image

2 years ago

March 31, 2023

रुविना र सीता फेयर ब्रेक खेल्न हङकङतर्फ

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले र अनुभवी खेलाडी सीता रानामगर हङकङमा हुने दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टि२० प्रतियोगिता खेल्न त्यसतर्फ लागेका छन् । रुविना र सीता शुक्रबार दिउँसो त्यसतर्फ लागेका हुन् ।

रुविनालाई द बर्मी आर्मी र सीतालाई टोर्नाडोस वुमेन्सले रिटेन गरेका थिए । गतवर्ष रुविनाले दुई खेल मात्रै खेल्ने अवसर पाएकी थिइन् । उनले ब्याटिङमा कुनैपनि मौका नपाउँदा बलिङमा एक इनिङमा २ ओभर बलिङ गर्दै २० रन खर्चेकी थिईन् ।

सीता सम्मिलित टोर्नाडोसले गत वर्ष दुबईमा भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै टोर्नाडोस च्याम्पियन बनेको हो । त्यस प्रतियोगितामा सीताले ७ खेलमा ४ विकेट लिँदा २२ रन बनाएकी थिइन् । त्यस समय सीताले गरेको ‘पुष्पा’ सेलेब्रेसनले पनि निकै चर्चा पाएको थियो । प्रतियोगिता आगमी अप्रिल ३ देखि १६ अप्रिल सम्म हुनेछ ।

बिहीबार मात्रै सीता र रुविनाले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२३ को फाइनल खेलेका थिए । सीताको कप्तानीमा नेपाल एपिएफ क्लबले कोशी प्रदेशलाई हराउँदै उपाधि जितेको थियो ।

एपिएफलाई लगातार तेस्रो पटक च्याम्पियन बनाउन सानदार अलराउन्ड प्रदर्शन गरेकी सीता प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएकी थिइन् । सीताले ५ खेलमा २ अर्धशतकसहित कुल २ सय १४ रन बनाउनुको साथै ८ विकेट लिइकी थिइन् । रुविनाले ५ खेलमा १ सय ३९ रन बनाउनुको साथै ६ विकेट लिएकी थिइन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.