default_image

2 years ago

March 31, 2023

रोहितको कीर्तिमान तोड्दै साइतेजाले रचे इतिहास

301 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको कीर्तिमान तोड्दै अमेरिकाका १९ वर्षीय साइतेजा मुक्कामल्लाले नयाँ इतिहास रचेका छन् । आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा युएईमाथि जित हासिल गर्दा शतक हान्दै उनी सबैभन्दा कम उमेरमा ओडीआई शतक हान्ने एसोसिएट खेलाडी बनेका छन् ।

युएईलाई ५ विकेटले हराउन साइतेजाले १ सय १४ बलमा १२ चौकासहित १ सय २० रनको सानदार अविजित शतकीय इनिङ खेले । उनले १८ वर्ष ३ सय ५५ दिनमा शतक पूरा गरेका थिए । उनी अघि नेपालका कप्तान रोहित पौडेलले २०२२ मार्च २५ मा १९ वर्ष २ सय ४ दिनमा पपुवा न्युगिनीविरुद्ध १ सय २६ रनको शतकीय इनिङग खेलेका थिए ।

२०१४ मा अफगानिस्तानका उस्मान घानीले १७ वर्ष २ सय ४२ दिनमा जिम्बवेविरुद्ध १ सय १८ रन बनाएका थिए । तर अफगानिस्तानले २०१८ मा टेस्ट मान्यता पाइसकेको छ । अब एसोसिएट खेलाडीको रुपमा कम उमेरमा शतक हान्ने कीर्तिमान साइतेजाको हुनेछ । रोहितको नाममा रहेको कीर्तिमान उनले तोडेका हुन् ।

ओडिआई इतिहासमै सर्वाधिक कम उमेरमा शतक हान्ने कीर्तिमान पाकिस्तानका शाहिद अफ्रिदीको नाममा छ । अफ्रिदीले १९९६ मा १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध १ सय २ रन बनाएका थिए । दोस्रो नम्बरमा उस्मान घानी हुँदा तेस्रो नम्बरमा पाकिस्तानका इमरान नाजिर छन् । इमराले २००० मा जिम्बावेविरुघ १८ वर्ष १ सय २१ दिनमा १ सय ५ रनको अविजित शतक हानेका थिए । पाकिस्तानकै सलिम इलाहीले श्रीलंकाविरुद्ध १८ वर्ष ३ सय १२ दिनमा १ सय २ रनको शतकीय इनिङ खेलेका थिए ।

साईतेजा ओडिआई इतिहासमै सबैभन्दा कम उमेरमा शतक हान्ने खेलाडीको सुचिमा पाँचौ स्थानमा छन् । नेपालका रोहित पौडेल यस सूचिको दशौं स्थानमा रहेका छन् । साइतेजाको शतकमा अमेरिकाले २ सय ८० रनको लक्ष्य पूरा गरेको थियो ।

अमेरिकाले आफ्नो क्रिकेट इतिहासमा कुनैपनि खेलमा पूरा गरेको सर्वाधिक ठूलो लक्ष्य थियो । यसअघि अमेरिकाले २०११ मा डिभिजन थ्री मा हङकङविरुद्ध २ सय ५७ रनको लक्ष्य पूरा गरेको थियो ।

साइतेजा अमेरिकाबाट सबैभन्दा कम उमेरमा शतक हान्ने खेलाडी पनि हुने । उनले स्टिभ टेलरले २०१३ मा नेपालविरुद्ध १९ वर्षको उमेरमा हानेको शतकको कीर्तिमान तोडेका छन् । डिभिजन थ्री मा टेलरले बर्मुडामा नेपालविरुद्ध १ सय २ बलमा १२ चौका र १२ छक्कासहति १ सय ६२ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै साइतेजा अमेरिकामै जन्मिएर शतक हान्ने मात्रै तेस्रो खेलाडी हुन् । उनीअघि अमेरिकामा जन्मिएर शतक हान्ने स्टिभ टेलर पहिलो र आरोन जोन्स दोस्रो खेलाडी थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.