default_image

2 years ago

March 30, 2023

साइतेजाको कीर्तिमानी शतकमा अमेरिकाको ऐतिहासिक जित

232 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर साइतेजा मुम्कामल्लाको सानदार शतकमा अमेरिकाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेलमा युएईलाई ५ विकेटले हराएको छ । यो सानदार जितसँगै अमेरिकाले शीर्ष दुईमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि २ सय ८० रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाले ओडिआईमा पूरा गरेको यो हालसम्मकै उच्च योगफल हो । यसअघि २०२२ मा युएईविरुद्धनै २ सय ५४ रनको लक्ष्य पूरा गरेको थियो । नेपालसँग गतवर्ष २ सय ७५ रनको लक्ष्य पछ्याउनेक्रममा २ सय ७४ रन बनाउँदै टाई गरेको थियो ।

अमेरिकाको जितमा १९ वर्षीय ब्याटर साइतेजा मुक्कामल्ला १ सय १४ बलमा १२ चौकासहित १ सय २० रनको अविजित सानदार शतकीय इनिङ खेले ।

उनको यो क्रिकेट करिअरको पहिलो शतक हो । उनले १ सय ४ बलमा अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक पूरा गरेका थिए । उनी ओडिआईमा सबै भन्दा कम उमेरमा शतक हान्ने चौथो खेलाडी हुन् ।

उनले १८ वर्ष ३ सय ५५ दिनमा शतक हाने । ओडिआईमा सबैभन्दा कम उमेरमा पाकिस्तानका शाहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक हानेका थिए । अमेरिकाबाट कुनैपनि संरचनमा सबैभन्दा कम उमेरमा शतक हान्ने खेलाडी हुन् ।

ओपनर सुशान्त मोदानी ४९ बलमा ३ चौका र १ छक्कासहित ३९ र शयान जहाजिंर २२ र आरोन जोन्स ५ रनमा आउट भए । कप्तान मोनांक पटेल ६१ बलमा ३ चौकासहित ५० रनमा आउट भए । साइतेजा र मोनांकले तेस्रो विकेटका लागि १ सय २ रनको सानदार शतकीय साझेदारीका साथ जित सहज बनाएका थिए ।

युएईका जुनैद सिद्दिकले १० ओभरमा ४९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । मतिउल्लाह खान र आयन अफ्जलले एक एक विकेट लिए ।

त्यसअघि युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७९ रन बनाएको थियो । उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन ।

युएईका आसिफ खानले ८४ बलमा ९ चौका र २ छक्कासहित १ सय ३ रनको सानदार शतकीय इनिङ खेलेपनि बलिङ नचल्दा युएई पराजित भयो । आसिफले ८१ बलमा करिअरको दोस्रो शतक पूरा गरेका थिए । दुई साता अघि आसिफले लिग(२ को अन्तिम खेलमा नेपालविरुद्ध टियु मैदानमा ११ छक्कासहित ४१ बलमै शतक हानेका थिए । उनको यो करिअरको दोस्रो शतक हो ।

युवा ब्याटर वृत्य अरविन्द ६८ बलमा ६ चौका र १ छक्कासहित ५७ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् । ओपनर मोहम्मद वासिम २ र आर्यन लाक्रा २६ रनमा आउट भएका थिए । रोहन मुस्तफा ५३ बलमा १ चौका र २ छक्कासहित ३८ रनमा रन आउट भए । जुनैद सिद्दिक ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहेका थिए ।

अमेरिकाका निसर्ग पटेलले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । जेसी सिंहले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकर र अली खानले एक एक विकेट लिए ।

प्लेअफ क्वालिफायरमा अमेरिका, नामिबिया, क्यानडा, जर्सी, युएई र पपुवा न्युगिनी छन् । शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । क्यानडा, जर्सी, युएई र पपुवा न्युगिनी मध्य शीर्ष दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । ओडिआई मान्यताको लागि यी चार टोलीबीचको प्रदर्शनलाई हेरिनेछ ।

नामिबिया र अमेरिकाले ओडिआई मान्यता लिग २ बाट बचाएका थिए । ओडिआई मान्यताको लागि अमेरिका र नामिबियासँगको खेलले भने बाँकी चार टोलीलाई फरक पर्ने छैन । अमेरिकाले पहिलो खेलमा नामिबियालाई ८० रनले हराउँदा क्यानडासँग २६ रनले पराजित भएको थियो ।

युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई २१ रनले हराएको थियो । युएईले शनिबार क्यानडासँग खेल्नेछ । ओडिआई मान्यता जोगाउन युएईले उक्त खेल जित्नुपर्ने हुन्छ । क्यानडाले जितेको खण्डमा उसको ओडिआई मान्यता सम्भावना मजबुत हुनेछ । अमेरिकाले आइतबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

अंक तालिका

क्यानडा २ खेलमा ४ अंकका साथ नेटरनरेटको कारण शीर्ष स्थानमा छ । नामिबिया र अमेरिकाको समान ३ खेलमा ४(४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो र तेस्रो स्थानमा छन् । युएई २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ चौथो स्थानमा छ । पपुवा न्युगिनी र जर्सी समान दुई खेलमा जित विहीन हुँदै पाँचौं र पुछारमा छन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.