2 years ago
March 30, 2023
एजेन्सी – शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनको सानदार शतकमा घरेलु टोली नामिबियाले आइसिसी क्वालिफायर प्लेअफमा जर्सीलाई ८ विकेटले हराएको छ । यो जितसँगै आगमी जुन जुलाईमा हुने विश्वकप छनोटमा पुग्ने सम्भावना मजबुत बनाएको छ ।
जितको लागि २ सय १४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नामिबियाले ३२.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नामिबियाको जितमा माइकल भान लिंगेन ९३ बलमा ११ चौका र ४ छक्कासहित १ सय १० रनमा अविजित रहे । उनको ओडिआई करिअरको तेस्रो शतक हो । लिंगेनले ८८ बलमा शतक पूरा गरेका थिए ।
कप्तान जेरार्ड इरास्मस ८७ बलमा ९ चौका र १ छक्कासहित ८८ रनमा अविजित रहे । तेस्रो विकेटका लागि इरास्मस र लिंगेनले १ सय ९८ रनको अविजित कीर्तिमानी साझेदारी गरेका थिए । यो नामिबियाबाट ओडिआईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि यी दुई ब्याटरले नै चौथो विकेटको लागि गत सेप्टेम्बरमा १ सय ६२ रनको साझेदारी गरेका थिए । जुन उच्च साझेदारी थियो ।
त्यसअघि विन्डहोकमा टस हारेर पहिला ब्याटिङ रोजेको जर्सीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । जर्सीका जोन्टी जेनरले ९६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । जोश लरेन्सनले ४२ र जुलिस सुमेराउरले २८ रन बनाए । नामिबियाका बेन शिकोंगो र रुबेन ट्रम्पलम्यानले समान तीन विकेट लिए ।
नामिबिया पहिलो खेलमा अमेरिकासँग ८० रनले पराजित भएको थियो । दोस्रो खेलमा पपुवा न्युगिनीलाई ४८ रनले हराएको थियो । आइतबार नामिबियाले युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा विश्वकप छनोट सहज बन्नेछ । मंगलबार क्यानडासँग खेल्नेछ ।
प्लेअफ क्वालिफायरमा अमेरिका, नामिबिया, क्यानडा, जर्सी, युएई र पपुवा न्युगिनी छन् । शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । क्यानडा, जर्सी, युएई र पपुवा न्युगिनी मध्य शीर्ष दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । ओडिआई मान्यताको लागि यी चार टोलीबीचको प्रदर्शनलाई हेरिनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]