default_image

2 years ago

March 30, 2023

दिल्लीमा पन्तको स्थान २० वर्षीय खेलाडीले लिने

175 views

0 Bookmark

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको स्थानमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा २० वर्षीय युवा ब्याटर अभिषेक पोरललाई टोलीमा भित्र्याएको छ । पन्त गत डिसेम्बरमा कार दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । त्यसैको कारण पन्तले आइपिएल खेल्न सक्ने छैनन् ।

दिल्लीले क्याम्पमा प्रशिक्षण गराएपछि अभिषेक पोरेललाई आधिकारिक रुपमा पन्तको स्थानमा टोलीमा राखेको छ । २० वर्षीय बायाँ हाते ब्याटर पोरेलले १७ प्रथम श्रेणी, समान तीन लिष्ट ए र टि२० खेल खेलेका छन् । घरेलु क्रिकेटमा उनले राम्रो प्रभाव छाडेका छन् ।

बंगालबाट घरेलु क्रिकेट खेल्ने अभिषेकले सैद मुश्ताक अली ट्रफीमा उडिसाविरुद्ध १४ बलमा २ चौका र २ छक्कासहित २० रनमा अविजित रहेका थिए । उनले टि२० खेलमा खेलेको त्यो नै उच्च प्रदर्शन हो । प्रथम श्रेणीमा पछिल्लो समय राम्रो प्रभाव छाड्दै आएका छन् ।

घरेलु क्रिकेटमा उनको विकेटकिपिङबाट प्रभावित भएर दिल्लीले क्याम्पमा राखेको थियो । पारेलसँगै अन्य तीन विकेटकिर शेल्डन ज्याकसन, लभनिथ सिसोडा र विवेक सिंह दिल्लीको क्याम्पमा रहेका थिए । क्पाम्यमा खेल हरेपछि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङ र निर्देशक सौरभ गांगुलीले पारेरलाई टोलीमा राख्ने निर्णय लिएका थिए । पोरेल ब्याकअप विकेटकिपरको रुपमा रहनेछन् ।

दिल्लीको पहिलो रोजाईको विकेटकिपरमा सरफराज खान खेल्नेछन् । दिल्लीसँग विकेटकिपरको रुपमा शरफराज खान र फिलिप साल्ट छन् । चार विदेशी खेलाडीको कोटामा मिचेल मार्श, डेविड वार्नर, एनरिच नोर्किया र रोभम्यान पावेल खेल्ने सम्भावना छ ।

फिलिप साल्ट, राइली रोसोउ, मुश्ताफिजुर रहमान र लुंगी एनगिडी पनि विदेशी खेलाडीको रुपमा छन् । आइपिएल शुक्रबारदेखि भारतमा सुरु हुँदैछ । पन्त बाहिरिएपछि दिल्लीको कप्तानी डेविड वार्नरले गर्नेछन् । दिल्लीले पहिलो खेल शनिबार लखनउ सुपर जायन्ट्ससँग खेल्दै सुरुवात गर्नेछ । दिल्ली उपाधिको दाबेदार टोलीमा पर्छ ।

दिल्लीको टोली :

डेविड वार्नर, पृथ्वी शा, राइली रोसोउ, शरफराज खान, मनिष पाण्डे, यश धुल, ऋषभ पन्त, अभिषेक पोरेल, फिलिप साल्ट, अक्षर पटेल, मिचेल मार्श, रोभमान पावेल, ललित यादव, रिपल पटेल, अमान खान, प्रविन दुबे, विक्की ओस्टल, एनरिच नोर्किया, कुलदीप यादव, खलिल अहमद, ईशान्त शर्मा, चेतन सकारिया, मुश्ताफिजुर रहमान, लुन्गी एनगिडी, मुकेश कुमार र कमलेश नगरकोटी ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.