2 years ago
March 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले अन्तिम खेलमा मधेश प्रदेशलाई ६२ रनले हराउँदै तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । कोशी पहिलो पटक ललितपुर मेयर्सको फाइनलमा पुगेको हो ।
जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको मधेश २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रन बनायो । मधेशको लागि कप्तान सरस्वती चौधरीले १७ बलमा १ चौकासहित सर्वाधिक १० रन बनाइन् । साना प्रविन २७ बलमा १ चौकासहित ८ रनमा रन आउट भइन् ।
मधेशका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमिरन निशा ८ र चांदनी खातुन ४ रनमा अविजित रहिन् ।
कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिएकी हुन् । एलिसा खडियाले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिइन् । निसा शाहले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर २ विकेट लिइन् । सबनम राइले एक विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय र ५ रन बनाएको थियो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ३८ बलमा ६ चौकासहित सर्वाधिक ३९ रन बनाइन् । अर्की ओपनर काजोल श्रेष्ठ २८ बलमा ४ चौकासहित २२ रनमा आउट भइन् ।
पहिलो विकेटका लागि काजोल र रुविनाले ८.३ ओभरमा ४० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अप्सरी बेगम ३२ बलमा १ चौकासहित १९ रनमा आउट भइन् । युवा खेलाडी स्मृति कटुवालले १२ बलमा १ चौकासहित १०, निशा शाह र सबनम राईले तीन तीन रन बनाए । सोनु राजवंशी २ रनमा अविजित रहिन् ।
मधेशकी सन्तोषी चौधरीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् । अमिरन निशाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । अमिषा पटेलले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् ।
उपाधिको लागि एपिएफ र कोशीबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । सुदूर ४ खेलमा अपराजितका साथ ८ अंक जोेड्दै शीर्ष स्थानमा रह्यो ।
कोशी ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा स्थान भयो । सुदूरपश्चिम प्रदेश भने ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा रहेर बाहिरियो । यसअघिको दुबै संस्करणमा एपिएफले सुदूरलाई हराउँदै उपाधि जितेको थियो ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]