2 years ago
March 27, 2023
एजेन्सी – तीव्र गतिका बलर सन्दीप शर्माले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ राजस्थान रोयल्सबाट खेल्ने भएका छन् । तीव्र गतिका बलर प्रसिद्ध कृष्णा चोटका कारण घाइते भएपछि राजस्थानले उनको स्थानमा सन्दीप शर्मालाई मौका दिएको छ ।
सन्दीप शर्माले आइपिएल अक्सनमा ५० लाख भारु मूल्य राखेका थिए । तर उनी अनसोल्ड हुन पुगेका थिए । सन्दीपले आइपिएलमा १ सय ४ खेलमा १ सय १४ विकेट लिँदै सानदार प्रदर्शन गरेका छन् । सन्दीप आइपिएलका एक सफल तीव्र गतिका बलरमा पर्दछन् । उनको उत्कृष्ट प्रदर्शनमा भारतले २०१२ को यू१९ विश्वकप उपाधि जितेको थियो ।
आइपिएलमा उनले २०१३ मा पन्जाब किंग्स ११ बाट सनराइजर्स हैदराबादविरुद्ध डेब्यू गरेका थिए । उनले पन्जाबबाट २०१७ सम्म खेलेका थिए । २०१८ देखि २१ सम्म सनराजर्स हैदराबादबाट खेलेका थिए । २०२२ मा उनी पन्जाब पुगेका थिए ।
सन्दीप एकै खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहली, एवि डिभियलर्स र क्रिस गेललाई आउट गर्ने पहिलो बलर समेत हुन् । यस पटकको अक्सनमा उनी अप्रत्यासित रुपमा अनसोल्ड भएका थिए ।
गत वर्ष आइपिएलको फाइनलमा राजस्थान गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएको थियो । राजस्थानमा नवदीप सैनी, ट्रेन्ट बोल्ट, एडम जाम्पा, ओबेद म्याककोय र कुलदीप सेन जस्ता बलर छन् ।
जस बटलर, शिम्रन हेटमायर, सञ्जु स्यामसन, देवदत्त पाडिक्कल, यशस्वी जैसवाल र रियान पराग लगायतका ब्याटर छन् ।
आइपिएल शुक्रबारदेखि भारतमा सुरुहुनेछ । राजस्थानले आइतबार (अप्रिल २ मा) मा सनराइजर्स हैदराबादसँग खेल्दै सुरुवात गर्नेछ ।
रास्थानको टोली :
सन्जु स्यामसन, जस बटलर, सन्दीप शर्मा, शिम्रन हेटमायर, ट्रेन्ट बोल्ट, देवदत्त पाडिक्कल, युजभेन्द्र चहल, जेशन होल्डर रविचन्द्रन आश्विन, यशस्वी जैसवाल, रियान पराग, नवदीप सैनी, एडम जाम्पा, जो रुट, ओबेद म्याककोय, डोनोभान फेरेरा, केएम आसिफ, केसी चरिप्पा, कुलदीप सेन, ध्रुब जुरेल, कुलदीप यादव, अब्दुल बसिथ, कुनाल सिंह राठोर, मुरुगन आश्विन र आकाश वशिष्ठ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]