2 years ago
March 27, 2023
काठमाडौंं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आइतबार मेलबर्नमा सम्मान गरेको छ ।
नेपाली क्रिकेटमा दिएको योगदानका लागि पारसलाई सम्मानित भएका हुन् । न्याभका अध्यक्ष प्रेमराज उप्रेती, भिक्टोरिया राज्य सांसदद्घय क्याथलिन म्याथ्यु वार्ड, ट्रुङ लु, म्याक्सीम्याक्स एजुकेसन कन्सलटेन्सीका निर्देशक शंकर धरेलले पारसलाई सम्मान पदक प्रदान गरेका थिए ।
पारससँगै नेपाली क्रिकेटमा पत्रकारिताको माध्यमबाट योगदान दिएका वरिष्ठ खेलकुद पत्रकार विनोद पाण्डे पनि सम्मानित भए । पाण्डे दुई दशकभन्दा लामो समयदेखि खेलकुद पत्रकारिता र विशेषगरी क्रिकेटमा सक्रिय छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद बिट प्रमुख हुन् ।
एक समय पारससँगैं नेपालमा राष्ट्रिय प्रतियोगिता खेलेका न्याभ अध्यक्ष उप्रेतीले भने, ‘नेपाली क्रिकेट पारसकै कारण अहिलेको अवस्थामा आइपुगेको हो, एउटा खेलाडीको रुपमा होस वा कप्तानीको रुपमा पारसले एकपछि अर्को एतिहासिक नतिजा दिदैं नेपाल यो अवस्थामा आइपुगेको हो ।’
नेपाली क्रिकेटका लागि गरेको अमुल्य र निस्वार्थ योगदानको कदर स्वरुप सम्मान गरिएको जनाउदै उप्रेतीले भने, ‘पारसलाई सम्मान गर्न पाउनु मेलबर्नमा रहेका नेपाली समुदायको मात्र नभई भिक्टोरिया प्रान्तकै गर्वको विषय भएको जनाए ।’
पारसको सम्मानमा च्यारिटीमार्फत ‘गाला डिनर’ गरिएको थियो । त्यसको खर्चबाट बाँकी रहेको रकम बाल चौतारीलाई प्रदान गर्ने उप्रेतीले जनाए । न्याभ अन्तगर्त रहेका बाल भाषा तथा संस्कृति स्कुलमा भिक्टोरियामा रहेका नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा पढाउन सो रकम खर्च गरिने आयोजकले जनाएको छ ।
पारसले आफ्ना लागि यो ठुलो सम्मान रहेको जनाए । ‘दुई वर्ष अघि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेको थिए“, त्यसयता मेरा लागि यो पहिलो सम्मान जस्तै रह्यो । मेलबर्नमा रहेको नेपाली समुदायले जुन सम्मान म र नेपाल क्रिकेट प्रति देखाउनु भयो त्यसका लागि म कृतज्ञ छु ।’ न्याभ र मेलबर्नमा रहेका नेपाली समुदाय मिलेर नेपाली क्रिकेट खेलाडीलाई अस्ट्रेलियामा खेल्ने वातावरण मिलाउनु पर्नेमा पारसले जोड दिए ।
२००२ मा एसीसी यू–१५ एसिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आएका पारसले १९ वर्ष नेपालबाट खेल्दै २०२१ मा संन्यासको घोषणा गरेका थिए । पारसकै कप्तानीमा विश्व क्रिकेट लिग डिभिजन ५ मा रहेको नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका थिए । २०१४ मा पारसकै कप्तानीमा नेपालले ट्वान्टी २० विश्वकप खेल्दै हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।
न्याभको आयोजनामा भएको १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको ‘गुडविल एम्बासडर’ को रुपमा पारस बुधबार राति मेलबर्न आएका थिए । कतारको दोहामा एसियन जायन्ट्सबाट लिजेन्ड्स कप खेलेर उनी अस्ट्रेलिया टेकेका थिए । पारसले १८ औं न्याभ कप क्रिकेट प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई पुरस्कृत गरेका थिए ।
अस्ट्रेलियाको भिक्टोरिया प्रान्तमा रहेका नेपाली समुदाय बीच भएको प्रतियोगिताको फाइनलमा फार वेस्ट हन्टर्सले नारे किंग्सलाई ३ विकेटले पराजित गर्दै पहिलो पटक विजेता बनेको थियो ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]