2 years ago
March 27, 2023
एजेन्सी – घरेलु टोली बंगलादेशले पहिलो टि२० आई खेलमा आयरल्यान्डलाई डिएलएस मेथर्डमा २२ रनले हराएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ८१ रन बनायो ।
आयरल्यान्डका ग्यारेथ डेलानी १४ बलमा ३ चौकासहित २१ रनमा अविजित रहे । ह्यारी टेक्टर १२ बलमा ३ चौकासहित १९ रनमा आउट भए । कप्तान पल स्टर्लिङ १३ र रस आदिर १३ रनमा आउट भए ।
बंगलादेशका तीव्र गतिका बलर तस्किन अहमदले २ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । हसन मोहम्मदले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।
त्यसअघि जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.२ ओभरमा ५ विकेट गुमाउँदै २ सय ७ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । बंगलादेशका रोनी तालुकदारले ३८ बलमा ७ चौका र ३ छक्कासहित ६७ रनको उत्कृष्ट इनिङ खेले ।
ओपनर लिटन दास २३ बलमा ४ चौका र ३ छक्कासहित ४७ रनमा आउट भए । पहिलो विकेटका लागि दास र तालुकदारले ७.१ ओभरमा ९१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । शमिम हसन ३०, नाज्मुल हसन शान्टो १४ र तौहिद हृदोयले १३ रन बनाए । कप्तान सकिब अल हसन १३ बलमा ३ चौकासहित २० रनमा अविजित रहे ।
आयरल्यान्डका क्रेग योंगले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । ह्यारी टेक्टर, मार्क आदिर र हुमेले एक एक विकेट लिए । दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]