2 years ago
March 27, 2023
एजेन्सी – ललितपुर मेयर्स-११ ले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप प्रतियोगिताको सातौं खेलमा मधेश प्रदेशलाई ९७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनायो । ललितपुरकी सोनी पाख्रिनले ४३ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाइन् । विकेटकिपर लक्ष्मी चौधरी २७ बलमा ४ चौकासहित २३ तथा सृष्टी जैशी १८ बलमा १ चौकासहित १५ रनमा आउट भइन् ।
हेलिसा गुरुङ १, कन्चन श्रेष्ठ ५ रनमा आउट हुँदा अस्मिना कर्माचार्य ६ रनमा अविजित रहिन् । मधेशकी सरस्वती कुमारी चौधरीले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिइन् । कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक एक विकेट लिइन् ।
एपिएफ ३ खेलमा ६ अंकका साथ फाइनलमा पुगि सकेको छ । सुदूरपश्चिम प्रदेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । कोशीले २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । कोशी र सुदूरमध्य एक टोली फाइनलमा पुग्नेछन् ।
December 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीको दोस्रो खेल आज रहेको छ । मलेसियाको क्वालालाम्पुरमा नेपालले भारतको यु १९ टोलीको सामना गर्दैछ । पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]
December 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]